भूकम्पबाट मृत्यू हुनेहरुको लागि प्रार्थना



ललितपुर । बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट मृत्यू हुनेहरुको स्मृतिमा ललितपुरको मंगलबजारमा प्रार्थना तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।

ज्यापू समाज, ललितपुर महानगरपालिका र शिनयो नेपालले संयुक्त रुपमा सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बुद्धधर्मको तीन वटै निकाय स्थविरवाद, बज्रयान र महायान, वैदिक, इसाई, मुस्लिम धर्मका गुरुले आ आफ्नो धर्म अनुसार प्रार्थना गरी धार्मिक समभाव र सहअस्तित्व अनुपम उदाहरण प्रस्तुत गरेका थिए ।यसपछि मंगलबजारमा अवस्थित भूकम्प स्मारकमा सबैले पुष्पगुच्छा अर्पण गरेका थिए । उपस्थिति सबैले दीप प्रज्वलन गरेका थिए ।

सो अवसरमा ज्यापू समाजका अध्यक्ष प्रेम महर्जनले बैशाख १२ गतेको विनाशकारी भूकम्पलाई पाठका रुपमा लिएर सरकार, स्थानीय तहले विपद् व्यवस्थापन, जोखिम न्यूनीकरणको कार्यक्रम ल्याउनुपर्ने खाँचो औल्याउनुभयो ।
सो अवसरमा शिनयो नेपालका महासचिव लक्ष्मणकृष्ण राजभण्डारीले शान्ति, सुख र समृद्ध समाज बनाउन आध्यात्मिक ज्ञानको खाँचो रहेको बताउँदै सबै धर्मको सारलाई ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्