नेतृ लामाले गरिन् विहे



काठमाडौं  । एमाले नेतृ तथा सांसद नविना लामाले विवाह गरेकी छिन् । अनेरास्ववियु केन्द्र्रिय अध्यक्ष एवं प्रतिनिधि सभा सांसद नविना लामाले अनेरास्ववियुकै पूर्व केन्द्रिय सदस्य प्रविण श्रेष्ठसँग विवाह गरेकी हुन् ।

३५ वर्षीया नविनाले लामो प्रेम सम्बन्ध रहेका प्रविन श्रेष्ठसँग भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा कम्युनिष्ट परम्पराको जनवादी विवाह गरिएको जनाइएको छ । सांसद लामाले विवाहमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार पुगेर निमन्त्रणा दिई सकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्