नेपाल कम्युनिस्ट पार्टीको ७० वर्ष, पार्टीको चरित्रमा परिवर्तन आवश्यक



कृष्ण प्रजापति
प्रत्येक वर्ष २२ अप्रिलका दिन भ्लादिमिर इल्लिच लेनिनको जन्म दिन पर्दछ। प्रत्येक वर्ष २२ अप्रिलका दिन नेपाल कम्युनिस्ट पार्टीको जन्मदिन मनाइन्छ। लेनिनको जम्म भएको दिन पारी भारतमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। पुष्पलाल श्रेष्ठ संयोजक भएर स्थापना गरिएको सो पार्टीभित्र त्यस बेला नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी सदस्यको रूपमा बस्नुभएको थियो। त्यस बेला देशमा प्रजातन्त्र आएको थिएन। त्यसैले भारतको बनारसमा ती चार व्यक्तिहरू मिलेर यसरी कम्युनिस्ट पार्टीको स्थापना भयो। आज आएर नेपाल कम्युनिस्ट पार्टीभित्र लाखौं सदस्य भैसके। त्यसो भएर पनि पहिला २००६ सालमा स्थापना भएको सोही कम्युनिस्ट पार्टीको आधारमा विभिन्न तह र तप्काको विभाजनपछि अहिलेसम्म पनि नेपालमा कम्युनिस्ट आन्दोलन अगाडि बढिरहेको छ।

लेनिन जयन्ती पारेर स्थापना भएको यो कम्युनिस्ट पार्टीको आधार सर्वहारा जनता हुन्। तर यहाँ त थुप्रै कम्युनिस्ट पार्टीहरूको आधार अब सर्वहारा वर्ग वा मजदुर किसानहरू पनि रहन सकेनन्। धनी, साहू, महाजन, भट्टा साहूदेखि लिएर विभिन्नरूपमा स्कुल–कलेजहरू सञ्चालन गरी खान सक्ने धनाढ्यहरू नै उनीहरूका आधार हुन पुगेका छन्।

कम्युनिस्ट पार्टीको मूल उद्देश्य देशमा सर्वहारा वर्गको शासनसत्ता कायम गर्नु हो। त्यसको लागि कम्युनिस्ट पार्टी स्थापनाकालदेखि अहिलेसम्म विभिन्न खालको आन्दोलन, संघर्ष र क्रियाकलाप अगाडि बढाई आइरहेको छ। सर्वहारा राज सम्भव छ भन्ने चाल पाएपछि मात्रै नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको हो। लेनिनले रुसी समाजवादी क्रान्ति सम्पन्न गरेर सोभियत संघ गठन गरी देखाएको एक सय वर्ष नाघिसक्यो। त्यहाँसन् १९१७ मा क्रान्ति सफल भएको थियो। हुन त अहिले रुसमा समाजवादी शासन व्यवस्था पतन भैसकेको छ। त्यसो भएर पनि विश्वको तीन खण्डको एक खण्ड जमिन रहेको दुई महादेशमा फैलिएको विश्वकै ठूलो देशमा त्यस बेला स्थापना भएको कम्युनिस्ट शासन पद्धति संसारको लागि नै अनुकरणीय रहन पुग्यो। यो एक हिसाबले ऐतिहारिक रेकर्ड हो।

हुन त पेरिस कम्युन भनी केही समयअगाडिसम्म फ्रान्सको पेरिसमा पनि कम्युन लागू गर्ने काम भएको इतिहास छ। तर जनता सचेत नभएसम्म हतियारको भरमा बलजफ्ती लागू गरिएको सो शासन पद्धति केही समय मात्रै टिक्यो। अस्थायी रह्यो। सन् १९१७ मा स्थापना भएको सोभियत संघ पनि त्यहा“भित्र विभिन्न खालका ‘कीरा’ जन्मेकै कारण सन् १९९० मा आएर पतन भयो। अहिले पनि त्यहाँकम्युनिस्ट आन्दोलन भने त्यत्तिकै चर्किरहेको अवस्था छ।
संसारभर कम्युनिस्ट झन्डा फहराउने त्यति बेला रुसको नीति थियो। तर त्यो कार्य सफल भएन। पूर्वी युरोप, क्युबा, भियतनाम, लावसलगायत विश्वका केही देशमा भने कम्युनिस्ट शासन पद्धति कायम नै रह्यो। अहिले पनि विशाल देश चीन, क्युबा, उत्तर कोरियाजस्ता देशहरूमा कम्युनिस्ट शासन पद्धति निरन्तररूपमा कायम रहेको छ। तर नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पुगिसकेर पनि यहाँकम्युनिस्ट क्रान्ति वा सर्वहारा अधिनायकवाद भने लागू हुन सकेको छैन। यसको मूल कारण भनेको यो देशमा रहेका थुप्रै कम्युनिस्ट पार्टीभित्रका नेताहरू स्वार्थी, सत्तालोलुप र आफू मात्रै ठूलाबडा मानेर अरूलाई कम्युनिस्ट भनी गणना नै नगर्ने प्रवृत्तिले हो। यसो भनेको डा. केशरजंग रायमाझीजस्ता दरबारिया कम्युनिस्ट व्यक्तिसमेत केही समय नेपाल कम्युनिस्ट पार्टीको महासचिव हुन पुगे। राधाकृष्ण मैनालीजस्ता नदेखिने गरी कम्युनिस्ट भैरहेकाहरू सक्कली अनुहार देखाएर दरबारतिर लम्कन थाले।
|
अहिले पनि कम्युनिस्ट पार्टीको नाममा पू“जीवादी पार्टीहरूले नै आफूलाई साथ दिलाउने हिसाबले कम्युनिस्ट नाम राखी कम्युनिस्ट आन्दोलनलाई पछि पार्ने काम भने निरन्तर गर्दै आइरहेका छन्। लेनिन जयन्ती पारेर स्थापना भएको यो कम्युनिस्ट पार्टीको आधार सर्वहारा जनता हुन्। तर यहाँत थुप्रै कम्युनिस्ट पार्टीहरूको आधार अब सर्वहारा वर्ग वा मजदुर किसानहरू पनि रहन सकेनन्। धनी, साहू, महाजन, भट्टा साहूदेखि लिएर विभिन्नरूपमा स्कुल–कलेजहरू सञ्चालन गरी खान सक्ने धनाढ्यहरू नै उनीहरूका आधार हुन पुगेका छन्। एमाले र एकीकृत माओवादीभित्रका नेताहरूलाई हेर्ने हो भने केन्द्रदेखि अन्य निकायमा बस्ने मानिसहरू पैसा राख्न नसकेपछि कम्युनिस्ट पार्टीभित्र अडिएर बस्नै नसक्ने भएको छ। अनि उनीहरूबाट सर्वहारा वर्गका लागि सेवा गरिएला वा उद्योगपति, तस्कर र धनीमानीको लागि सेवा गरिएला ? सहजै अनुमान गर्न सकिने देखिन्छ।

सर्वहारा वर्गको नेतृत्वमा रुस, चीन, लावस, भियतनाम र क्युबामा क्रान्ति भएको थियो। तर नेपालमा त्यत्तिको कम्युनिस्ट पार्टी आयो र गयो तर अहिलेसम्म क्रान्तिको सम्भावना भने झन्–झन् न्यून हुन पुगेको छ। यो धारणाले पनि जनता निराश हुन पुगेको अवस्था छ। अन्य देशहरूमा कम्युनिस्ट पार्टी स्थापना भएको २०–४० वर्षभित्रै आन्दोलन र क्रान्ति गरी देशमा कम्युनिस्ट झन्डा फहराएको इतिहास छ। क्युबा, चीन वा स्वयम् पहिलोपल्ट समाजवादी देश कायम भएको रुस अथवा सोभियत संघको स्थापनाकालमा पनि त्यति साह्रै कम्युनिस्ट पार्टीको पुरानो इतिहास थिएन। तर हामीकहाँ७० वर्षसम्म कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट गतिविधिहरू अगाडि बढेको भए पनि सफल क्रान्ति हुन भने अझै कति कुर्नुपर्ने हो ? पुष्पकमल दाहाल प्रचण्डले त २ सय वर्षयता कम्युनिस्ट पार्टीले शासन गर्ने मौका आउनेछैन भनी आशावादीहरूलालाई निराश गरेको देखिन्छ।

यसरी विभिन्नरूपमा देशमा अगाडि बढेको कम्युनिस्ट आन्दोलनलाई नियालेर हेर्दा सही नेतृत्व र सही कम्युनिस्ट पार्टीको अभावले गर्दा नै यहाँआन्दोलन र क्रान्ति सफलरूपमा अगाडि बढ्न नसकिरहेको हो। कम्युनिस्ट पार्टी स्थापना भएको अर्को वर्ष नै नेपालमा प्रजातन्त्र आयो। त्यस बेला कम्युनिस्ट पार्टीको तर्फबाट चारजना मात्रै सदनमा सदस्य विजयी हुन पुगे। अहिले आएर सदनमा बहुमत कम्युनिस्टहरूको छ। अझ वर्तमान सरकार त दुई तिहाइभन्दा धैरैको समर्थनमा कम्युनिस्ट भन्नेहरूको सरकार छ।

यो समयमा आफ्नो क्षमता जानेर यदि आन्दोलन र क्रान्तिको लागि पाइला अगाडि सार्ने हो भने यो देशमा क्रान्ति असम्भव भन्ने छैन। सही नेतृत्व र सही नीतिको अभावमा नै हामी जहिले पनि पछि पर्ने हो। आफ्नो मर्यादा, इज्जत र सिद्धान्तलाई ध्यानमा राखेर त्यसमा कट्टर नै बनेर वा प्रतिबद्ध बनेर पाइला चाल्ने हो भने क्रान्ति गर्नु असम्भव हुन्न। हिजो नै रुस, चीन, क्युबा, उत्तर कोरिया र भियतनामका विभिन्न क्रान्तिकारी इतिहासलाई हेर्दै जाने हो भने अहिले पनि नेपालमा क्रान्ति सम्भव छ। त्यसको लागि नाम मात्रै कम्युनिस्ट भएर काम पू“जीवादी गतिविधितिर अगाडि बढिरहेको वर्तमान कम्युनिस्ट पार्टीको चरित्रमा भने परिवर्तन नल्याइहुन्न।

प्रतिक्रिया दिनुहोस्