बागलुङ नगरपालिका भित्र लिफ्ट प्रणालीबाट खानेपानी



सिर्जना पन्त, बागलुङ ।

बागलुङ नगरपालिका भित्रका उपभोक्तालाई सफा र स्वच्छ खानेपानी खुवाउने उदेश्यले लिफ्ट प्रणालीबाट नयाँ खानेपानी योजना शुरू गरिने भएको छ । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सह लगानीमा बागलुङ नगरपालिका वडा नम्बर ३ काँठेखोलाको पानी लिफ्ट प्रणालीबाट तानेर २४ घण्टा नै पानी बागलुङ बासीलाई पु¥याउने लक्ष्य सहित नयाँ कार्यक्रम शुरूवात गर्न लागेको बताईएको छ ।

३२ करोड २५ लाख लागतमा सम्पन्न हुने खानेपानी योजना बाट बागलुङ नगरपालिकाको १,२, र ३ वडाका करिब ६० हजार उपभोक्तालाई २० बर्ष सम्म सफा स्वच्छ खानेपानी पुर्याउने गरी बनाईएको खानेपानी योजना २ बर्ष भित्र पूरा गर्ने कार्यक्रम रहेको खानेपानी डिभिजन कार्यालयका डिभिजन प्रमुख शेखर केसीले बताए । बागलुङको पुरानो रिठे खोलाबाट आएको पानी लाई ब्यबस्थित गर्ने र काँठेखोलाको पानी लाई नयाँ योजना मार्फत बागलुङ नगर भित्र ल्याउने तयारी रहेको बताईएको छ ।

खनेपानी योजनाको डिपिआर तयार भइसकेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबाट अहिले ३२ सय घरधुरीले खानेपानी उपयोग गर्दै आएकोमा नयाँ योजनाबाट थप ९ सय घरधुरी लाई खानेपानी पु¥याउने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्