राष्ट्रसंघ सम्मेलन समितिको अध्यक्षतामा नेपाल नियुक्त



नेपाल समाचारपत्र, काठमाडौँ ।
संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा सन् २०१८ को लागि नेपाललाई नियुक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघमा नेपालका सहायक स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले समितिको अध्यक्षता ग्रहण गर्ने भएका छन् । हालै महासभाको सदस्य राष्ट्रमा सन् २०१८ देखि २०२० सम्म तीन वर्षका लागि नेपाल नियुक्त भएको थियो । ६ सदस्य राष्ट्रमध्ये नेपालले एसिया प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्दछ ।

२१ सदस्यीय समितिमा हंगेरी, गायाना र अमेरिकाका प्रतिनिधि उपाध्यक्षको रुपमा निर्वाचित भएका थिए । यस्तै लाइबेरिया पाँच अलग भौगोलिक क्षेत्रको लागि दूतको रुपमा चुनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्