चीनमा ड्रागन डुंगा पल्टियो



बेइजिङ, (एजेन्सी)
दक्षिण चीनको एउटा नदीमा पानीको बहावको कडा धारका कारण एउटा ड्रागन डुंगा पल्टिँदा १७ जना मानिसको ज्यान गएको छ। मानिसहरूले खियाउँदै गइरहेको लामो खालको डुंगा शनिबार पल्टिएको हो।

सो दुर्घटना हुँदा घटनास्थलमा आइपुगेको अर्को एउटा डुंगा पनि पल्टिएको सरकारी टेलिभिजनले जनाएका छन्। गुलिन शहरको एउटा नदीमा डुंगा पल्टिँदा झण्डै ६० जना मानिस नदीमा खसेका थिए। रातको समयमा तत्काल ४० जनालाई सकुशल उद्धार गरिएको थियो। आधिकारिक समाचार निकाय सिन्≈वाले करिब २ सय जना उद्धारकर्मी परिचालन गरिएको जनाएको छ।

सरकारी टेलिभिजन सिसिटीभीले नदीको भुमरीमा परेर डुंगा दुर्घटना भएको जनाएका छन्। सञ्चार माध्यमले डुंगामा सवार अधिकांशले लाइफ ज्याकेट नलगाएको जनाएको छ।

उक्त ड्रागन डुंगा दौड प्रतियोगिता आयोजना गर्ने २ जना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ। उनीहरूलाई प्रहरीलाई जानकारी नै नदिई सो प्रतियोगिता आयोजना गरेको अभियोग लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्