दिल्ली जितको खोजीमा, सन्दीपको पालो अझै आएन



नेपाल समाचारपत्र, काठमाडौँ ।

आईपीएल ११ मा दिल्ली डेयरडेविल्सले लगातार हार बेहोरिरहेको छ । दिल्लीको यात्रा ज्यादै निरासजनक बनेको छ । अहिलेसम्म टोलीले खेलिएका ५ खेलमा केवल एक खेलमा जित हासिल गरेको छ । अंकतालिकामा यो टोली सबैभन्दा पुछारमा रहेको छ । टोलीले जितको लागि आज आफ्नै घरेलु मैदान फिरोजशाह कोटला रंगशालामा किंग्स ११ पञ्जाबसँग खेल्दैछ । पछिल्ला तीन खेलमा क्रिस गेलले आक्रमक ब्याटिङ गरेर पञ्जाबलाई शीर्ष स्थानमा पु¥याएका छन् ।

कप्तान गौतम गम्भीरको लागि बलर नै सबैभन्दा टाउको दुखाई भइरहेको छ । छिटो गतिका बलर टे«न्ट बोल्टबाहेक कोही पनि बलर अहिलेसम्म सफल भएका छैनन् । अलराउन्डर क्रिस मोरिस, मोहम्मद शामी, डेनियल क्रिश्चियन, हर्षल पटेल जस्ता फास्ट बलर फ्लप बनिरहेका छन् । उनीहरुले विकेट लिन कँजुस्याई गरिरहेका छन् ।

त्यस्तै स्पिनर राहुल तेवतीयाले पनि विकेट निकाल्न सकेका छैनन् । न उनले विपक्षी ब्यासम्यानहरुलाई दवाव समेत राख्न सकेका छन् । यहाँ सम्म कि अमित मिश्राको स्थानमा आएका स्पिनर शादाब नदीम पनि फिक्का बनेका छन् । दिल्लीले मिश्रालाई फेरि टोलीमा फर्काउने संकेत गरेको छ । यसले नेपालका सन्दीप लामिछानेको आईपीएलमा डेब्यु अझै हुने लक्षण देखिएको छैन । उनी पछिल्ला पाँच खेलमा बेन्चमै रहेका छन् ।
ब्याटिङको कुरा गर्ने हो भने कप्तान गम्भीर पहिलो खेलमा जमेका छन् ।

तर यसपछि उनी असफल बन्दै आएका छन् । कोलिन मुनरो पनि पहिलो दुई खेलमा असफल भएपछि जेसन रायले तेस्रो खेलमा उनलाई विस्थापित गरे । यही खेलमा राय चम्केपछि दिल्लीले जित हासिल ग¥यो । यो नै दिल्लीका लागि अहिलेसम्म एक मात्र जित साबित भएको छ । विस्फोटक ब्याटसम्यान ग्लेन म्याक्सवेल पनि निरास ब्याटिङ जारी गरेका छन् । जसले गर्दा दिल्लीले उनीबाट ठोस सहयोग पाएको छैन । श्रेयस अय्यर र रिषभ पन्तले केही राम्रो ब्याटिङ पस्केका छन् ।

पञ्जाबलाई रोक्न भन दिल्लीको लागि मुश्किल हुनेछ । पछिल्ला खेलहरुमा आक्रमक ब्याटिङ गरिरहेको छ त्यसलाई हेर्दा दिल्लीका बलरले पञ्जाबका गेल, लोकेस राहुल जस्ता ओपनरलाई रोक्न कठिन हुनेछ । राहुलले १४ बलमा अर्धसतक बनाएर आइपीएलको इतिहासमा छिटो अर्धसतक बनाउने खेलाडीको श्रेय पाएका छन् । त्यस्तै गेलले पनि पछिल्ला तीन खेलमा एक सतक र दुई अर्धसतक प्रहार गरेर ३ खेलमा २ सय २९ रन बनाइसकेका छन् । उनको आगमनले पञ्जाबको ब्याटिङ अझै सुदृढ भएको छ ।

प्रतिक्रिया दिनुहोस्