अझै बन्न सकेन ५ हजार विद्यालय



A view of Durbar High School, the first school in Nepal damaged by April 25 earthquake, on August 20, 2016. Photo: Bikesh Prajapati/THT

ईश्वरराज ढकाल, काठमाडौं
भँकम्पले ध्वस्त भएका ४ हजार ९ सय विद्यालय तीन वर्षसम्म पनि बन्न सकेका छैनन्। तीन वर्षभित्र सबै विद्यालय निर्माण गरिसक्ने लक्ष्य राखिएको भए पनि अहिलेसम्म करिब ३ हजार ६ सय १३ वटा मात्रै विद्यालय पुनर्निर्माण भएको जनाइएको छ।
विद्यालय पुनर्निर्माण गर्न सरकारद्वारा गठित केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का प्रमुख इमनारायण श्रेष्ठले सबै विद्यालय बन्न अझै दुई वर्ष लाग्ने बताउनुभयो।
भँकम्पबाट प्रभावित ३२ वटा जिल्लाका विद्यालयको मात्र पुनर्निर्माण भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘देशभर बढी प्रभावित भएका ९ हजार विद्यालयमध्ये तीन वर्षमा ३२ जिल्लाका ७ हजार ९ सय २३ वटा विद्यालय लक्षित कार्यक्रम अघि बढाएका थियौं।’

भारत र चीनले प्रतिबद्धता जनाएअनुसार विद्यालय भवन बन्न नसकेको एकाइले जनाएको छ। भारतीय सरकारको अनुदान सहयोगमा ७ जिल्लामा १०–१० खवटाका दरले ७० वटा विद्यालय बनाउने योजना रहेको थियो। तीमध्ये अहिलेसम्म १० वटा पनि बन्न सकेको छैन।

चीन सरकारले दरबार हाइस्कुलसहित रसुवा र सिन्धुपाल्चोकका ४ वटासहित ७ विद्यालय बनाउने घोषणा गरेको भए पनि अहिलेसम्म कुनै विद्यालय पुनर्निर्माण भएको छैन।

दाताले घोषणा गरेअनुरूपको काम हुन नसक्दा लक्ष्य पँरा गर्न नसकेको दाबी गर्दै शिक्षा मन्त्रालयका प्रवक्ता वैकुष्ठ अर्यालले भन्नुभयो– ‘रकम अभाव भएकै कारण विद्यालय पुनःनिर्माण हुन नसकेको हो। विद्यालय कहिले बन्ला भनेर सबै सोध्छन् तर जवाफ दिन सकेका छैनौं।’ एकाइका अनुसार भँकम्पले क्षतिग्रस्त भएका सबै विद्यालय पुनर्निर्माण हुन अझै ३० अर्ब रुपियाँ लाग्ने देखिन्छ।

एकाइका अनुसार भँकम्पबाट ध्वस्त र क्षतिग्रस्तमध्ये सरकारले ७ हजार ५ सय ५३ वटा मात्रै विद्यालय पुनर्निर्माण गर्नुपर्ने भएको छ। एकाइले हालसम्म २ हजार ८ सय ९१ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न गरिसकेको छ। १ हजार ४ सय ५८ वटा निर्माणाधीन छन् भने ८ सय ४३ वटा सर्भे भइरहेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता एवम् सहसचिव यमलाल भुसालले पनि दाताको रकम उपलब्ध नभएकाले पुनर्निर्माणमा समस्या भएको बताउनुभयो। उहाँले पनि अब दुई वर्षभित्र सबै विद्यालय पुनः बनिसक्ने जानकारी दिनुभयो।

एकाइका इन्जिनियर दिलीप शेखर श्रेष्ठले सय प्रकारका नक्साको आधारमा विद्यालय भवन पुनर्निर्माण भइरहेको बताउनुभयो।

२, ८ र १६ कोठेदेखि चारतलेसम्मको भवन बनाउन एकाइले स्वीकृति दिनुपर्ने बताउँदै उहाँले अहिले बनिरहेका सबै भवनको माटो परीक्षण गरिएको र भँकम्प प्रतिरोधी रहेको दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्