विश्वका सबैभन्दा वृद्ध व्यक्तिको १ सय १७ वर्षको उमेरमा निधन



टोक्यो, (एजेन्सी)
गिनिज बुक अफ वल्र्ड रेकर्डमा सबैभन्दा धेरै उमेरका व्यक्तिका रूपमा दर्ता भएकी जापानकी ताजिमाको १ सय १७ वर्ष २ सय ६१ दिनको उमेरमा निधन भएको छ। उनी जापानको दक्षिणपँर्व किकाई द्विपमा बस्दै आइरहेकी थिइन्।

उनलाई विश्वकी सबैभन्दा धेरै उमेर जीवित व्यक्तिका रूपमा हेर्ने गरिएको छ। ताजिमाको मृत्यु एक अस्पतालमा भएको थियो। यस वर्षको जनवरीमा उनी अस्पताल भर्ना भएकी थिइन्। ताजिनमाको नाममा कयौं कीर्तिमान रहेको छ। उनी एसियाभरिमा सबैभन्दा धेरै दिनसम्म जीवित रहेकी व्यक्ति बनेकी छिन् भने विश्वमा यो मामिलामा उनी तेस्रोमा परेकी छिन्।

गिनिज बुकका अनुसार ताजिमा १९औं शताब्दीमा जन्मेर २१औं शताब्दीसम्म जीवित रहने अन्तिम व्यक्ति पनि थिइन्। ताजिमालाई ३ शताब्दीको कालखण्डमा जीवनयापन गरेको अुनभव थियो। रेकर्डअनुसार उनको जन्म सन् १९०० अगस्ट ४ मा भएको थियो। १९ शताब्दीको अन्त्यतिर जन्मेकी ताजिमाले २० शताब्दी पँरै जीवित रहेर २१औं शताब्दीमा जीवन त्याग गरिन्।

जापानी सञ्चारमाध्यमले उनको वंशजमा १ सय ६० सदस्य रहेको जनाएको छ। यसमा उनका ९ सन्तान, २८ नाति–नातिना, ५६ पनाती–पनातिनी र ३५ उनका बच्चा परेका छन्। ताजिमापछि जापानकै ही चियो योसिदा सबैभन्दा धेरै उमेरकी वृद्ध हुन्। चियोको उमेर १ सय १६ वर्ष छ। यो उमेरको कुनै पनि व्यक्ति विश्वमा अहिले जीवित छैनन्।
ताजिमा जीवनको अन्तिम दिनहरूमा धेरैसमय सुत्ने गरेको जापानी टेलिभिजन एनएचकेले जनाएको छ। उनले लामो समयदेखि बोल्न पनि बन्द गरेका थिए। यद्यपि उनी दिनमा ३ पटक खाने गर्थिन्। जापानको स्थानीय प्रशासनका अनुसार देशमा १ सय वर्ष वा नाघेकाको संख्या ६७ हजार रहेको छ।

एसिया र विश्वको कुनै पनि देशमा १ सय वर्ष उमेरका यति संख्यामा छैनन्। जापान विश्वमा वृद्ध आवादी सबैभन्दा धेरै भएको देश हो। सरकारी तथ्यांकअनुसार यहाँ २६ प्रतिशत आवादी ६५ वर्ष वा त्योभन्दा बढी उमेका छन्।

प्रतिक्रिया दिनुहोस्