प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको घरमा बम बिष्फोट



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको निवासमा बम विस्फोट गराइएको छ ।

यादवको ललितपुर हात्तीवनस्थित निवासमा आइतबार साँझ ७ बजेर ५० मिनेटको समयमा बम विस्फोट भएको हो । विस्फोटबाट घरको पर्खालमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरले घटनामा कुनै मानवीय क्षति नभएको बताए ।

उनका अनुसार घटनापछि उक्त क्षेत्रमा प्रहरी परिचलन गरिएको छ । घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।

बिष्फोटबाट घरको मुल गेटको सिसा तथा कम्पाउण्डको पर्खाल फुटेको छ।

आइतबार साँझ उनको घरमा बिष्फोट भएको हो। कसले बिष्फोट गरायो भन्ने खुलेको छैन। ललितपुर महानगरपालिकाको २३ नम्बर वडामा रहेको यादबको घर रहेको छ । ।

बिष्फोटमा कुनै मानवीय क्षती नभएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी बिनोद सिलवालले बताएका छन ।  बिष्फोट आवाजले स्थानीयहरु समेत तर्सिएका थिए।
साँझ करिब ८ बजे उनको घरमा बिष्फोट भएको हो।  प्रहरीले घेरा हाली थप बिष्फोटक पदार्थ हुनसक्ने भएकाले सर्च गरेको छ।

प्रतिक्रिया दिनुहोस्