ओली र प्रचण्डले गल्ती स्वीकारे



काठमाडौं । कम्युनिष्ट पार्टीको स्थापना दिवसमा लेनिन र माओको तस्वीर विनाको ब्यानर बन्नुमा आफूहरुको गल्ती भएको केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वीकार गरेका छन् । दुबै पार्टीका शीर्ष नेताहरुको बैठकमा ओली र प्रचण्डले गल्ती स्वीकार गरेका हुन् ।

आफूहरुले ब्यानर बनाउन निर्देशन दिँदाखेरि नै कस्तो बनाउने भनेर निर्देशन दिनुपर्नेमा सो नगरिएकाले यस्तो परिस्थिति आएको भन्दै ओली र प्रचण्ड दुबैले यसमा अरुको नभई दुई अध्यक्षकै कमजोरी रहन गएको बैठकमा बताएका छन् । अब एमाले र माओवादी दुबै पार्टीका आआफ्नै ब्यानरहरु राखेर कार्यक्रम अघि बढाउने सहमति भएको छ ।

एमालेका तर्फबाट पुरानै बोर्ड राखिने भएको छ भने माओवादीका तर्फबाट राखिने अर्को ब्यानर तयार भइरहेको छ ।

सभागृहमा १२ बजेदेखि गर्ने भनिएको संयुक्त कार्यक्रममा राखिएको बोर्डमा लेनिन र माओका तस्वीर नराखिएको भन्दै माओवादी कार्यकर्ताले नाराबाजी गरेपछि अढाइ बजेसम्म कार्यक्रम हुन सकेन । माओवादीको विरोधपछि कार्यक्रमस्थलबाट बोर्ड झिकिएको छ ।

प्रतिक्रिया दिनुहोस्