जनताको आवश्यकता र चाहना अनुसार काम गछौः उपाध्यक्ष घिसिङ



रामेछाप । दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले आगामी बजेट निर्माण गर्दा महिला बालबालिका, अपाङगता र जेष्ठ नागरिकहरुलाई उच्च प्राथमिकतामा राखेर बजेट निर्माण गरिने बताएकी छिन् ।

उनले गाउँपालिकाभित्रका नागरिकहरुको चाहना र आवश्यकता अनुसार नै आगामी बजेट निर्माण हुने बताएकी हुन् । उपाध्यक्ष घिसिङले विगतमा पर्याप्त परामर्श नगर्दा लक्षित वर्ग समक्ष बजेट तर्जुमा हुन नसकेको बताउदै आगामी बजेट निर्माण गर्दा सबै पक्षलाई ध्यान दिएर काम गर्ने बताउदै भनिनन,‘ गाउँपालिकाले विपन्न समुदायलार्ई आर्थिक रुपमा समृद्ध बनाउने मुख्य उदेश्य बनाएको छ ।’

दोरम्बा गाउँपालिकाका सात वटै वडाका वडास्तरीय महिला बालबालिका अपाङगता र जेष्ठ नागरिकहरुसँगको अन्तक्रिया कार्यक्रममा उपाध्यक्ष घिसिङले सबैको सल्लाह सुझाव अनुसार नै अगामी बजेट निर्माण हुने विश्वास व्यक्त गरिन । गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ को लागि योजना तर्जुमा र गाउँपालिकाभित्रका जनतासँग अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिकाभित्रको आवश्यकता पहिचान गरेर मात्र आगामी दिनमा बजेट विनियोजन गर्ने तयारी गाउँपालिकाले गरेको छ । गाउँपालिकाद्धारा आयोजित अन्तक्रिया कार्यक्रममा सात वटै वडाका महिला बालबालिका अपाङगता र जेष्ठ नागकिहरुले आ–आफ्नो सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्