यसरी संसारको ‘बादशाह’ बन्यो चीन



प्रोफेसर राना मिटर । कारोबार होस् वा विदेश नीति वा इन्टरनेट सेन्सरशीपको सवाल होस्, यी विषयहरु आज चीनको मुख्य विशेष बनेको छ । तर यी सबै महत्वपूर्ण मुद्दामाथि चीन आफ्नो परम्परा र इतिहासलाई अत्यधिक महत्व दिइरहेको छ, यो चाहिँ खास कुरा हो ।

मेरो विचारमा चीन जसरी आफ्नो संस्कृति र इतिहासलाई सम्झने समाज हो, यस्तै दोस्रो उदाहरण भेटिँदैन । हालसालै कसरी चीन आफ्नो परम्पराअनुसार नै काम गरिरहेछ, यसरी हेर्न सकिन्छ(

कारोबार
एक समय यस्तो पनि थियो जब चीनलाई त्यस्तो बेला कारोबार गर्नुपर्‍यो, जसको लागि ऊ तयार नै थिएन । तर आज पश्चिमी शक्तिको निरन्तर प्रयासपछि पनि आफ्नै शर्तमा कारोबार गरिरहेको छ ।
चीनले आफ्नो सामान अमेरिकी बजारमा बेचिरहेको छ तर, अमेरिकी सामानका लागि चिनियाँ बजार बन्द छ, यही विषयमा अमेरिका र चीनबीच विवाद चलिरहेको छ ।

बेइजिङका नागरिक करिब १५० वर्ष पहिलेको कुरा अहिले पनि याद गर्छन् । त्यतिबेला चीनको आफ्नो कारोबारमा सामान्य अंकुश थियो । बेलायतले सन् १८३९ मा अफिम युद्धको क्रममा चीनमाथि हमला गरेको थियो । त्यतिबेला बेलायतले एक संस्थान गठन मात्र यसकारण गरेको थियो कि उसले चीनबाट आयात हुने उत्पादनमाथि कर लगाउँदै रकम उठाउन सकोस् ।

उक्त संस्था चिनियाँ सरकारको अधिनमै भए पनि बेलायती संस्था थियो । उक्त संस्थाको प्रमुख कुनै चिनियाँ नागरिक थिएनन् बरु उत्तरी आयरल्याण्डका सर रोबर्ट हर्ट थिए । उनी उक्त संस्थाको महानिर्देशकको रुपमा १८६३ देखि १९११ सम्म कार्यरत थिए । उनी एक अत्यधिक इमान्दार अधिकारी थिए, जसको सहयोगमा चीनको आम्दानी ह्वात्तै बढेको थियो ।

मिंगको शासनकामा चीनमा कारोबारको स्थिति बदलियो । एडमिरल जेंगले सात समुद्री जहाजहरुको समूह दक्षिण पूर्वी एसिया, श्रीलंका र यहाँसम्म कि पूर्वी अफ्रिकाको तटसम्म पठाएका थिए । यसबाट चीनको कारोबारको साम्राज्यको चित्र देखिन्छ ।

त्यसपछि चीनले समुद्रको बाटो आफ्नो सामान कयौं देशमा पठायो । यसले चीनको कारोबार संसारभरी फैलिएन मात्र, अपितु चीनमा अन्य देशबाट राम्रा वस्तुहरु आउन पनि सुरु भयो । अफ्रिकी जिराफ यही क्रममा चीनसम्म पुगेको थियो ।

छिमेकीसँगै गाह्रो
चीनको सधैं आफ्नै छिमेकी देशसँग असहज सम्बन्ध रहँदै आएको छ । इतिहासका अनुसार चीनले उत्तर कोरियाली नेता किम जोंग उनलाई पनि खराब छिमेकीको रुपमा चित्रित गर्‍यो ।

११२७ मा सोंग साम्राज्यको शासनको क्रममा एक महिला ली किंगजाहो आफ्नो घरबाट भागेर निस्किएकी थिइन् । उनी चीनकी एक राम्री कवयित्री भएकोले पनि हामी उनको कहानी राम्रोसँग जान्दछौं । उनको कविता अत्यधिक पढिन्थ्यो । उनीमाथि आक्रमण हुन लागेकोले उनी घरबाट भाग्नु परेको हो ।

चीनको उत्तरमा बस्ने यूरेचेन समुदायका मानिसहरु चीनको सुंग शासकसँग राम्रो सम्बन्ध थिएन । उनीहरुबीच निरन्तर युद्ध भइरहन्थ्यो ।

केही समयसम्म जुन साम्राज्यको शासन उत्तरी चीनमा रह्यो, जबकि सुंग साम्राज्यले दक्षिण चीनमा आफ्नो साम्राज्य फैलायो । पछि दुवै साम्राज्यहरु मंगोलको अधिनमा आए ।

यी सबैको असर यस्तो भयो कि चीनको सीमा रेखा समयसँग बदलिरह्यो । चीनको संस्कृतिमाथि त्यहाँको भाषा, इतिहास र कन्फ्युशियसवादको देखियो । मन्चोस र मंगोलो समुदायका नागरिकले चीनमाथि फरक फरक शासन गरे । उनीहरुले आफ्नो विचारलाई देशमाथि थोपर्ने प्रयास गरे । तर मुलरुपमा उनीहरुले चिनियाँ परम्परागत संस्कृतिलाई नै प्रभावकारी बनाउने प्रयास गरे ।

सूचना प्रवाह

आजको समयमा चीनमा इन्टरनेट सेन्सरलाई राजनीतिक दृष्टिबाट संवेदनशील मानिन्छ । सत्ता पक्षविरुद्ध सत्य बोल्दा पनि चीनमा अधिकारीहरुले तपाईंलाई गिरफ्तार गर्न सक्छन् वा तपाईंलाई यसबाट नराम्रो पनि हुनसक्छ ।

चीनमा सत्ता पक्ष वा संस्थापनको विरोधमा बोल्नु सधैंको लागि एउटा मुद्दा बन्दै आएको छ । चीनका इतिहासकारहरुका अनुसार उनीहरुले त्यही लेख्नु परेको छ जे सरकार चाहन्थ्यो न कि उनीहरुका लागि उक्त कुरा महत्वपूर्ण होस् ।

चीनका महान साहित्यकार भनेर चिनिने सीमा कियानले भने फरक बाटो रोजे । उनले चीनको इतिहास लेखेका थिए, ईसाको पहिलो शताब्दीमा । उनले युद्ध हारिसकेका एक जनरललाई बचाउने प्रयास गरेका थिए, जसका कारण शासकले उनलाई बन्ध्याकरण गरिदिएका थिए ।

तर उनले जे कोशिश गरे, त्यो चीनको इतिहास लेख्ने सुरुवात थियो । उनले एकप्रकारले लेखकलाई सन्देश दिएका थिए कि यदि तपाईं आफ्नो सुरक्षालाई दाउमा राख्न सक्नुहुन्छ भने इतिहास लेख्न सक्नुहुन्छ । यस्तो गर्न सक्नुहुन्न भने आफूले आफूलाई सेन्सर गरिरहनुस् ।

धार्मिक स्वन्त्रता
धार्मिकरुपमा चीन अब कयौं गुणा सहिष्णु देश हो, माओको सांस्कृतिक क्रान्तिको समयमा यसमाथि हदैसम्म अंकुश लगाइएको थियो । तर ऐतिहासिकरुपमा चीनमा धार्मिक विश्वासलाई लिएर काफी खुलापन थियो ।

तुंग साम्राज्यको समयमा अथवा ७औं शताब्दीमा महारानी वु जेटियनले बौद्ध धर्ममाथि प्रश्न उठाएका थिए । मिंग साम्राज्यको क्रममा जेसस माटो रिक्की अदालत पुगेका थिए । उनको सम्मानित वार्ताकारको उपमा मिलेको थियो । यद्यपि मानिसहरुको रुचि उनको पाश्चात्य ज्ञानमा बढी थियो ।

१९औं शताब्दीमा विद्रोही हाँग जिउकुआनले त आफैंलाई जिससको सानो भाइ भएको दावी गरिदिएका थिए ।

ताइपिंग विद्रोहीहरुले चिनियाँ इतिहासको सबैभन्दा खतरनाक युद्ध सुरुवात गरे । १८५० देखि १८६४ बीच किंग साम्राज्य र जिउकुआनको साम्राज्यबीच संघर्ष चल्यो । केही स्रोतका अनुसार त्यो युद्धमा दुई करोड मानिसको मृत्यू भएको थियो ।

सरकारी सेना सुरुवाती क्रममा विद्रोहीमाथि अंकुश लगाउन सकेनन् । तर कयौं चिनियाँ इसाइहरुको मृत्यूपछि मात्रै विद्रोह रोकिएको थियो । केही दशकपछि १९०० मा चीनमा ईसाई धर्म एकपटक पुनः बढ्यो ।

यसपछि आजसम्म चीनमा धर्मलाई लिएर सहिष्णुता देखिएको छ । चिनियाँ सरकारलाई धार्मिक मुद्दा भड्किए देशमा खतरा आउनसक्ने डर पनि हुन सक्छ ।

प्रविधि
चीन अहिले विश्वभरीकै प्रविधिको केन्द्र बनेको छ । एक शताब्दी पहिले देशमा औद्योगिक क्रान्ति भएको थियो । दुवै ठाउँमा महिला केन्द्रमा छन् ।

आजका दिनमा चीन आर्टिफिसियल इन्टेलिजेन्स, भ्वाइस रिकोग्नाइजेशन र बिग डेटाको क्षेत्रमा संसारकै अगुवा बनेको छ ।

संसारभर बन्ने स्मार्टफोनमा सबैभन्दा बढी चीनमा नै बन्छ र सस्तो पनि बन्छ । चिनियाँ उद्योगमा युवा महिला काम गर्छन् । यद्यपि गर्ने शर्त अत्यन्तै कठिन हुन्छ । तर, महिलाले तीव्ररुपमा स्थान बनाइरहेका छन् ।

सांघाई र यांगेज डेल्टामा महिलाहरुले १०० वर्ष पिहले काम गर्न सुरु गरेका थिए । उनीहरु कम्प्युटर चिप बनाइरहेका छैनन्, तर सिल्क र सुती बनाइरहेका छन् ।

महिलाहरु आज चीनमा आफ्नै तागतमा सेन्ट्रल सांघाईमा डिपार्टमेन्टल स्टोर खोल्न सक्छन् ।

भविष्यका इतिहासकार के सोच्लान् ?
चीन यी दिनहरुमा परिवर्तनको प्रक्रियाबाट गुज्रिरहेको छ । भविष्यमा इतिहासकारको नजरमा चीन १९७८ भन्दा अगाडि एक गरिब देश हुनेछ जसले केवल २५ वर्षमा आफ्नो अर्थव्यवस्थालाई संसारको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्थामा बदलिदियो ।

यसको साथै एक सन्तान नीति त अहिले समाप्त भइसक्यो, उक्त नीतिसँगै आर्टिफिसियल इन्टेलीजेन्स सर्भिलियान्समाथि लेखकहरुको ध्यान पक्कै जानेछ । यसको साथै पर्यावरण, अन्तरिक्ष अनुसन्धान र आर्थिक विकासमाथि पनि मानिसहरुको ध्यान जानेछ ।

एउटा कुरा भने निश्चित छ( एक शताब्दी पछि पनि चीन आकर्षणको केन्द्रमा नै रहनेछ, जो मानिस त्यहाँ हुन्छन्, उसका लागि पनि र जो चिनियाँ संस्कृतिमा बाँचिरहेका छन् उनीहरुका लागि पनि र उसको समृद्ध इतिहास उसको वर्तमान र भविष्यलाई दिशा दिइरहनेछ ।

लेखक अक्सफोर्ड युनिभर्सिटीमा चिनियाँ केन्द्रका निर्देशक छन् ।
–बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्