विश्व चर्चित ‘डिजे’ एभिचिको निधन



एजेन्सी । विश्वका सर्वाधिक चर्चित मध्येका एक डिस्को जक्की (डिजे) एभिचिको २८ वर्षको उमेरमा निधन भएको छ । उनको ओमानको राजधानी मस्कटको एक होटलमा शुक्रबार राती निधन भएको हो ।

उनको निधन के कारणले भयो भन्नेबारेमा केहि खुल्न नसकेको पश्चिमा संचारमाध्यमहरूले जनाएका छन् ।

एभिचि नामले विश्व चर्चित छन् तर उनको वास्तविक नाम भने टिम बर्गलिङ हो । उनी स्वीडेनमा जन्मिएका थिए । उनी विगतमा दुर्व्यसनमा लिप्त थिए । उनलाई दुई पटक अत्याधिक मदिरा सेवनका कारण सोसम्बन्धी उपचारका लागि दुई पटक अस्पताल भर्ना गराउनुपरेको थियो ।

‘लेभलस्’, ‘हे बर्दर’ उनका विश्व चर्चित संगीतसिर्जना हुन भने एलो ब्लाससँग मिलेर निकालेको ‘वेक मि अप’ सर्वाधिक चर्चित गीत हो । सन् २०११ र १२ मा घरी उनी दुई पटक ग्रामी अवार्डको मनोनयनमा समेत परेका थिए ।

सन् २०१६ मा स्टेज शोहरूबाट सन्यास लिनुअघि उनी संसारका सर्वाधिक पारिश्रमिक पाउने डिजे थिए । आफ्नो स्वास्थ्यको कारण देखाउँदै उनले सन्यास रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्