नौ महिनामै सिटिजन्स बैंकको नाफा अर्बभन्दा माथि



नेपाल समाचारपत्र
काठमाडौं
सिटिजन्स बैंक इन्टरनेसनलले ११ वर्ष पँरा गरी १२औं वर्षमा प्रवेश गरेको छ। २०६४ वैशाख ७ गते मुलुकको २०औं वाणिज्य बैंकको रूपमा स्थापना भएको थियो।

११औं वार्षिकोत्सवका अवसरमा अवसरमा बैंकका अध्यक्ष डा. शंकरप्रसाद शर्माको सभापतित्वमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।

६८ वटा शाखा र सोही संख्या एटीएमबाट करिब ३ लाख ३५ हजार ग्राहकलाई सेवा पुर्याउँदै आईरहेको बैंकले आर्थिक वर्ष २०७४÷७५ को तेस्रो त्रैयमाससम्ममा ६० अर्व २५ करोड निक्षेप संकलन तथा ५५ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको गरी १ अर्ब १७ करोड ७४ लाख सञ्चालन मुनाफा र १ अर्ब ९८ लाख खुद नाफा आर्जन गरेकोे छ। जुन गत वर्ष सोही अवधिको तुलनामा क्रमशः ३२.७२ प्रतिशत र १४.३९ प्रतिशतले बढीे हो।

बैंकमा निरन्तर दुई कार्यकाल पँरा गरी सञ्चालक समितिमा योगदान पु¥याउनु भएका सञ्चालकलाई ‘दीर्घ सेवा सम्मान पदक’ र बैंकमा निरन्तर १० वर्ष कार्यरत पदाधिकारी एवं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरिएको छ। बैंकले वार्षिकोत्सवका अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत करिब ९० लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता अध्यक्ष्ँ शर्माले व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्