भद्रपुरका ७ सय ६६ जना विद्यार्थीलाई पोशाक वितरण



भद्रपुर । झापाको भद्रपुर नगरपालिका अन्र्तगत भद्रपुरका पाँचवटा सामुदायिक विद्यालयका सम्पुर्ण विद्यार्थीलाइ पोशाक वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीका यस्कर सदस्य तथा सामाजिक व्यक्तित्व दिनबन्धु गोयलले झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा आफ्ना दाजु स्वर्गीय ओम प्रकाश गोयलको स्मृतिमा विद्यालयका छात्रछात्रालाई पोशाक वितरण गरिएको हो ।
झापा उद्योग वाणिज्य संघ भद्रपुर र नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले शुक्रबार भद्रपुरमा आयोजना गरेको संयुक्त कार्यक्रममा गोयलले पोशाक वितरण गरेका थिए ।

भद्रपुरका पशुपती प्रा.विका ३९ छात्र/छात्रा गरि ७८ जना,गौतम बुद्ध प्रा.विका १३० छात्रा र १२७ छात्र ,भानु प्रा.वि का ३० छात्रा र २५ छात्र ,शारदा आधारभूत विद्यालयका १२४ छात्रा र १११ छात्र र पृथीवी आधारभूत विद्यालयका ७८ छात्रा र ५४ छात्र गरि ७ सय ६६ जना विद्यार्थीलाई पोशाकको कपडा वितरण गरिएको थियो ।

गोयलले विद्यालयका प्रधानाध्यापक मार्फत विद्यार्थीलाई पोशाकको कपडा वितरण गरेका थिए । यो भन्दा अघि पनि गोयलले झापाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिसकेका छन् ।

केहि समयपछि साविक पृथीवीनगर गाविस हाल भद्रपुर नगरपालिकामा रहेका दुइ वटा सामुदायिक विद्यालयमा पोशाक वितरण गरिने गोयलले जनाएका छन् । साथै क्रमश साविक महेशपुर र चन्द्रगढी गाविस हाल भद्रपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा पनि वितरण गर्ने योजना रहेको जनाएका छन् ।

रेडक्रस उपशाखाका सभापती गोपाल गिरीको अध्यक्षता तथा गोयलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको झापा उद्योग वाणिज्य संघ भद्रपुरका अध्यक्ष नवराज पनेरुले औचित्यमाथि प्रकाश पारेका थिए ।

उपशाखाकी सहसचिव लता खरेलले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी तथा वाणिज्य संघ भद्रपुरका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे,विद्यालय स्रोत व्यक्ति प्रेम भुजेल, रेडक्रस झापाका अध्यक्ष लोकराज ढकाल, वडा नम्बर ५ का अध्यक्ष बन्धु काकीले मन्तव्य राखेको कार्यक्रममा उद्योगी पर्शुराम अग्रवाल,विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थी,सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्