१३९ जना यात्रु रहेको मालिन्दो एयरलाइन्सको विमान दुर्घटनापछि अन्तर्राष्ट्रिय उडान अबरुद्द



काठमाडौं । १३९ जना यात्रु रहेको मालिन्दो एयरलाइन्सको विमान दुर्घटनापछि अन्तर्राष्ट्रिय उडान अबरुद्द भएको छ । हिंजो १२ र आ ६ गरि १८ उडान रद्द भएको छ भने उडान भरीसेकका विमान विदेशका पायक पर्ने बिमानस्थलमा डाइभर्ट गरिएको छ ।

काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेको थियो । रातिदेखिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेको छ ।

राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन । उनका अनुसार उक्त जहाज त्यहाँबाट नहटाएसम्म अन्तर्राष्ट्रिय कुनै पनि उडान हुन सक्ने अवस्था छैन ।

राति पौने १० बजेदेखि नै अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । चालक दलका सदस्यसहित १३९ जना यात्रु रहेको विमानका सबै यात्रु सकुशल रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्