दीपक मनाङे स्वयम्भुबाट पक्राउ



काठमाडौं । फरार रहेका प्रदेश सांसद दीपक मनाङे (राजिव गुरुङ) पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो। उनलाई स्वयम्भुबाट पक्राउ गरिएको परिसरका डिएसपी मोहन थापाले बताए।

१२ वर्षअघि चक्रे मिलनको हात छिनाएको घटनामा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दामा दोषी ठहर भएका उनी फरार थिए। उनी मनाङ प्रदेशसभाबाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए।

२०६१ साल बैशाख ३१ गते महाराजगञ्जको चाइनिज चुफाङ रेस्टुरेन्टमा चक्रे मिलनको बायाँ हात छिनाएको मुद्दामा सर्वाेच्चले दोषी ठहर गरेपछि उनी फरार भएका हुन्।

उनीविरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्