भद्रपुरमा शहिद स्मृति दिवस मनाइयो



भद्रपुर । २०६२।६३ को दोस्रो जनआन्दोलनमा सहादत प्राप्त गरेका शहिद सुरज विश्वासको १२ औं स्मृति दिवस झापाको भद्रपुरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

भद्रपुर नगरपालिकाको सहयोग तथा शहिद सुरज विश्वास स्मृति शालिक निर्माण समितिद्धारा भद्रपुर ६ स्थित शहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जलीसभा तथा अभिनन्दन कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रदेश सांसद बसन्त बानियाँले ‘विभिन्न जनक्रान्तिमा देशका लागि बलिदान दिएका शहिद, बेपत्ता र घाइतेका परिवारले अहिले सम्म राज्यबाट उचित क्षतिपूर्ति नपाउँदा ती परिवार बाच्नलाई समस्या परेको बताए ।

शहिद सुरजकी आमाले जीवन निर्वाह भत्ताको अधिकार पत्र पाउन नसकेकीले शहिद परिवार लाई समस्या भएकोले राज्यले बनाएको कानुन तथा नितिलाई तत्काल कार्यान्वयन गराउन लागिपर्ने जनाए । प्रदेश १ को सरकारले शहिद परिवारका लागि नमुना बस्ती बनाउने, घाइते परिवारलाई उपचार गराउने, वेपत्ताको खोजी गर्ने र ती परिवारलाई उचित सम्मान र व्यवस्थापन गराउने गरी बजेटसहितको निति तथा कार्यक्रम ल्याएको बताए ।

पुर्व सांसद जितु गौतमले निरंकुशताको अन्त्य गर्दै देशमा लोकतन्त्र र गणन्तत्रको स्थापना भई देश समृद्धिको बाटो अघि बढेको अवस्थामा जनक्रान्तिमा बलिदान दिएका ती परिवारको राज्यबाट उचित सम्मान नभएकोमा जोड दिए ।

शहिद सुरज विश्वास स्मृति शालिक निर्माण समितिका अध्यक्ष गोपाल मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा शहिद सुरजसहित चार परिवारलाई सम्मान गरिएको थियो । शहिद सुरजकी आमा मीना विश्वास, शहिद शंकर घिमिरे, शहिद मनमाया विक र शहिद दीपक पोखरेलको परिवारजनलाई अभिनन्दन पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै कचनकवल शहिद स्मृति प्रतिष्ठानले सोही अवसरमा शहिद सुरजकी आमा मीनालाई सम्मान गरेको थियो । सहभागिले शहिद सुरज विश्वासको अर्धकदको शालिकमा माल्यार्पण गर्दै उदघाटन गरिएको कार्यक्रममा माओवादी केन्द्रका नगर अध्यक्ष नरेश सञ्जेल, प्राध्यापक शुभलक्ष्मी राई, एमालेका नगर इञ्चार्ज असारु राजवंशीले बोलेका थिए ।

समितिका उपाध्यक्ष सन्ध्या हाडाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन दीपक अग्रवालले गरेका थिए । तत्कालिन वैशाख ६ गते झापाको चन्द्रगढीमा सुरक्षाकर्मीको गोली लागेर सुरज र राजन गिरीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्