नेपाली चेलिबेटी ‘बेस्या’ बनाउने नुवाकोटका कांग्रेस नेता साधारण तारेखमा रिहा



काठमाडौं । चेलीबेटी बेचबिखन प्रकरणमा नुवाकोट जिल्ला अदालतबाट ३७ वर्ष कैद सजाय ठहर भएका कांग्रेस नेता एवं वडा अध्यक्ष सुनबहादुर तामाङ रिहा भएका छन । उनलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष समेत रहेका तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै थुनामा नराख्न आदेश गरेको बताइएको छ ।

नुवाकोटकै दुई महिला सुन्तली तामाङ र सानुमैया तामाङलाई बिक्री गरेको मुद्दामा जिल्ला अदालत नुवाकोटले २०६८ असोज ६ गते दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय गरेको थियो।

उनलाई गाउँका करिब २ सय महिलालाई बेचेको, वेश्यालय चलाएको लगायत सबै अभियोगमा जिल्ला अदालत नुवाकोटले उनीसहितका तीन जनालाई गत २०७४ चैत ९ गते ३७ वर्ष कैद सजाय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो।

तामाङलाई २०७४ पुस ७ गते सिआइबीले पक्राउ यरी २०७२ कात्तिक १८ गते मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता गरीएको थियो ।

सुनबहादुर २०५१ सालदेखि नै मानव बेचबिखनमा संलग्न व्यक्ति हुन्। २०५१ सालमा झापा हुँदै केही युवतीलाई भारत लैजाने क्रममा उनी विरुद्ध मुद्दा दायर भएको थियो।

तर, फरार रहँदै आएका उनले चेलीबेटी ओसारपसारको धन्दा जारी राखेका थिए। २०७१ सालमा पनि उनी विरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। त्यो मुद्दामा पनि उनी धरौटीमा छुटेका थिए।

प्रतिक्रिया दिनुहोस्