वीरगञ्जका ३ ठाउँमा बम, स्थानीय त्रसित



काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका, जिल्ला शिक्षा कार्यालय, यातायात व्यवस्था विभागको कार्यालय अगाडी बम फेला परेको छ ।प्रहरीको कडा सुरक्षा रहेका स्थानमा यसरी बम भेटिँदा स्थानीय त्रसित भएका छन् ।

बम राखेको स्थानको बारे अज्ञात समुहबाट फोन मार्फत् प्रहरीलाई जानकारी गराइएको अञ्चल प्रहरी प्रमुख सुर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो । सो स्थानमा सेनाको बम डिस्पोजल टोली पुगिसकेको जनता संवाददाता आरके पटेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्