राष्ट्रपतिको शपथ वैधानिक !



प्रशान्त वली, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिनुभएको शपथ वैधानिक ठहर भएको छ।
राष्ट्रपतिको शपथमाथि प्रश्न उठाउँदै अधिवक्ताद्वय हेममणि सुवेदी र नारायण खरेलले दायर गराउनुभएको रिटउपर सुनुवाइ गर्दै सर्वाेच्च अदालतले मंगलबार खारेजको आदेश दिएपछि शपथ वैधानिक ठहरिएको हो।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिट खारेजको आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता नागेन्द्र कालाथोकीले जानकारी दिनुभयो। आदेशको पूर्णपाठ भने आउन बाँकी रहेको बताउँदै उहाँले भन्नुभयो– ‘शपथ वैधानिक कि अवैधानिक भन्ने बारेमा अदालत बोल्न मिल्दैन।’

राष्ट्रपति भण्डारीले गत फागुन ३० गते पराजुलीबाट शपथ लिनुभएको थियो। सोही दिन साउनमै उमेर हदका कारण पदावधि सकिएको भन्दै न्यायपरिषद् सचिवालयले पराजुलीलाई अवकाशपत्र थमाएको थियो।
परीक्षा नियन्त्रण कार्यालयले न्यायपरिषद्लाई पठाएको पत्रमा उहाँको शैक्षिक प्रमाणपत्रमा गत साउन २१ गते नै ६५ वर्ष पूरा भएको उल्लेख गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्