निरीक्षणको अनुमति



दमास्कस, (एजेन्सी)
रसायनिक हतियार प्रयोगविरुद्धको संस्थालाई सिरियामा रसायनिक आक्रमण भएको बताइएको दोउमा क्षेत्रको स्थलगत निरीक्षणका लागि अनुमति दिइने मंगलबार रसियाले जनाएको छ । सो संस्थाका विशेषज्ञहरू शनिबार नै सिरियाको राजधानी दमास्कस पुगेका थिए । रसियालाई उद्धृत गर्दै सिरियाली समाचार निकायले तिनीहरूलाई सुरक्षाको कारण देखाउँदै दोउमा जानबाट राकेर राखिएको जनाएको छ । अमेरिकी अधिकारीहरूले सिरियाको गठबन्धन मुलुक रसियाले नै तिनीहरूलाई रोकेको हुनुपर्ने बताएका छन् । सिरियाली सरकारले गत ७ अप्रिलमा ७० जनाको ज्यान जाने गरी रसायनिक आक्रमण भएको बताइएको सो घटनाको बडाई चढाई भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्