अपराध महाशाखामा एसएसपी धीरजप्रताप



काठमाडौ । ३३ किलो सुन प्रकरणमा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी संलग्न रहेको अभियोगमा प्रहरी प्रधान कार्यालय तानिएपछि संघीय प्रहरी इकाइ कार्यालय बागमतीका एसएसपी धीरजप्रताप सिंहलाई महाशाखाको प्रमुख बनाइएको छ ।
गृह मन्त्री रामबहादुर थापाले एसएसपी सिंहलाई महाशाखामा काज सरुवा गर्न निर्देशन दिनुभएको थियो । काठमाडौ लगायत देशका बिभिन्न भागमा कार्यरत रहेर आफ्नो योग्यता प्रर्दशन गरी सक्नु भएका एसएसपी सिंह अपराध बिज्ञको रुपमा समेत चिनिनुहुन्छ ।
पर्साको प्रहरी प्रमुख हुदा सहायक सिडिओ बलबहादुर मल्ललाई गोली हान्ने सुटर रितेश तिवारीलाई पक्राउ गर्नु भएको थियो ।
उहां दाङको प्रहरी प्रमुख हुदा ब्यापारी राजकुमार श्रेष्ठको हत्यारा पनि उनले पत्ता लगाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्