एनआईसी एसियाको कार्ड प्रयोग गर्दा ५ देखि ५० प्रतिशतसम्म छुट



काठमाडौं, (नेस) । एनआईसी एसिया बैंकले नयाँ वर्षको उपलक्ष्यमा २०७५ साल भरी विशेष छुटको सुविधा दिने उद्देश्यका साथ बैंकको आफ्नो डेबिट एवम् क्रेडिट कार्डमार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवम् रेस्टुरेन्ट, बुटिक, क्लोथिङ स्टोरहरुमा सेवा तथा वस्तु खरिदवापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको सुविधा उपलब्ध गराउने भएको छ ।

वैशाख १ गतेदेखि चैत ३० गतेसम्म उपलब्ध हुने यस सुविधाबाट ग्राहकलाई अत्याधिक लाभ पुग्ने बैंकले विश्वास लिएको छ । हाल यो सुविधा मुलुकको ३० वटा भन्दा बढी संस्था तथा व्यापारिक केन्द्रमा उपलब्ध हुने र निकट भविष्यमा यो संख्यामा वृद्धि हुने बैंकले जनाएको छ ।

मुलुकभर गरी १९२ शाखा कार्यालय, १९६ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवम् ४ वटा शाखारहित बैंकिङ सेवामार्पmत् सेवा प्रदान आएको छ । बैंकको वासलातको आकार १५६ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब १०९ अर्ब र कुल निक्षेप करिब १३४ अर्ब पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्