काठमाडौँ महानगरमा प्रमुख प्रशासकीय अधिकृत कोइरालाले गरे पदबहाली



काठमाडौं,(नेस) ।

काठमाडौं महानगरपालिकाको कामु प्रमुख प्रशासकीय अधिकृतका रुपमा नेपाल सरकारका सचिव यादवप्रसाद कोइरालाले पदवहाली गर्नुभएको छ । उहाँले हिजो सोमबार महानगरमा पद वहाली गर्नुभएको हो । उहाँको पद वहालीसँगै महानगरले विशिष्ट श्रेणीको प्रमुख प्रशासकीय अधिकृत प्राप्त गरेको छ । यस अघि सरकारले सहसचिव स्तरका कर्मचारीलाई यस पदमा पठाएको थियो ।

महानगरको सभा कक्षमा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै सचिव कोइरालाले कार्यालय समयमा इमान्दारिताका साथ काम गर्न, नागरिकलाई दुःख नदिन र महानगर म आफैं बनाउँछु भनेर प्रतिवद्धता जनाउन अधिकारीहरुलाई आग्रह गर्नुभयो । सहरमा विग्रेका कुरा धेरै छन् । शुशासन र वित्तिय अनुशासनका सवालमा कुरा चलेका छन् । यसलाई सुधार गर्ने जिम्मेबारी सबैको हो । विविधतापूर्ण महानगरमा एकीकृत र योजनावद्ध सेवा दिन र जनप्रतिनिधि बनाएका नीति कार्यान्वयन सदैव तत्पर रहनु पर्ने सचिव कोइरालाको भनाइ थियो ।

महानगरको समग्र विषयमा विभागीय छलफलपछि योजना बनाउँला, अहिले तत्कालका लागि वातावरणीय सुधार गर्ने, सडकका खाल्टा खुल्टी पुर्ने, करको दायरा फराकिलो बनाउने, सडक किनारामा रहेको अव्यवस्थित बस्ती व्यवस्थित गर्ने, पैदल मार्गमा व्यापार शुन्य बनाउने र विगतमा सम्पन्न हुन नसकेका योजना किन टुङ्गिएन समीक्षा गरेर सुधारका काम तत्काल गर्नोस उहाँको भनाइ थियो ।

सो अवसरमा महानगरका अधिकारीकोतर्फबाट धारणा राख्दै प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले कर्मचारी समायोजनका क्रममा, साविक स्थानीय निकायमा काम गर्ने कर्मचारीहरुको मनोवल घट्ने गरी काम भइरहेकोप्रति संकेत आफूहरु क्रमश अन्यायमा पर्दै गएको बताउनु भयो । पदवहालीपछि उहाँले हिजैबाट विभागीय जानकारी लिन थाल्नु भएको छ

प्रतिक्रिया दिनुहोस्