व्यवसाहिक चौंरी पालनका लागि चौंरी महोत्सव



गणेश साम्पाङ, पाँचथर ।
भारत कर्णाटककी निबेदीका सिंले जीवनमा पहिलो पटक चौंरीको हुल मात्र देखिनन् फम्जो चढेर आनन्द पनि लिइन चौरी महोत्सवमा ।

नयाँ बर्ष २०७५ को अवसरमा नेपाल भारतको सिमावर्ती स्थान पाँचथरको फालेलुङ गाउँपालिका वडा न ४ चाररातेमा शनिबार र आइतबार दोस्रो चौंरी महोत्सव सम्पन्न भयो ।

निकै दुर्गम स्थान मानव बस्ति बिहीन सो स्थानमा सम्पन्न चौंरी महोत्सवमा स्वदेशी तथा बिदेशी थुप्रै पर्यटकले अवलोकन गरेका थिए । सदरमुकाम फिदिम देखि ६७ कि मि कच्चि सडक पार गरेर पुगिने नेपाल भारतको सिमावर्ती क्षेत्रमा बर्सौ देखि स्थानीयबासीहरु परम्परागत रुपमा चौरी पालन ब्यबसाय गर्दै आइ रहेका छन ।

परम्परागत रुपमा चलि रहेको चौरी पालन पेशालाई आय आर्जन सित जोडेर ब्यबसायीक र ब्यबस्थित गर्न महोत्सव आयोजाना गरिएको आयोजक संस्था फालेलुङ कञ्चनजङ्घा पर्या पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष डिल्ली केरुङ बताउनु हुन्छ ।

पाँचथरको साबिक सिदिन,प्राङबुङ,मेमेङ,च्याङथापु र फलैचा गाबिस हाल फालेलुङ र याङवरक गाउँपालिकाको उत्तरी क्षेत्रमा ५० भन्दा बढी चौरी गोठ १ हजार ५ सय देखि २ हजारको हाराहारीमा चौंरी रहेको फालेलुङ ४ का चौंरी पालक राजेन्द्र राई बताउँनुहुन्छ । पाँचथरको उत्तरी क्षेत्रमा रहेका यति धेरैको संख्यामा परम्परागत रुपमा चौंरी पालन ब्यबसाय भए पनि पछिल्लो समयमा भने जनशक्ति अभावका कारण यो पेशा संकटमा पर्दै गई रहेको पाँचथर फालेलुङ ४ का चौंरी पालक छबिलाल राई भन्नुहुन्छ ।

गाउँमा युवाहरु छैनन भएका युवाहरु खाडी मुलुकमा तिर छन फाइदा भए पनि काम गर्ने मान्छे नभएका हुनाले हामीले त चौरी पाल्यौं तर अब छोराहरुले चाही गर्ला जस्तो लाग्दैन राई भन्नुहुन्छ ।
हिमालको गहना भनेर चिनिएको चौंरी पालन ब्यबसायलाई आर्थिक आय आर्जन सित जोड्ने अनि ब्यबस्थित गर्नका लागि यो महोत्सव आयोजना गरिएको हो । अहिले सम्म यो पेशा परम्परागत रुपमै चलिरहेको छ ।

यो पेशालाई ब्यबस्थित बनाई पर्यटक तान्न सक्ने बनाउनका लागि महोत्सव आयोजना गरिएको फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रवद्र्धन समिती पाँचथरका उपाध्यक्ष शिल्पकुमार राईले बताउनु हुन्छ । हामीले महोत्सवमा र्चौरीको दुधबाट तयार हुने बिभिन्न खाद्य बस्तु घिउ छुर्पी चौंरीको छाला र रौंबाट तयार हुने बस्तुको प्रदर्शनी समेत गरिएका छौं ।

महोत्सवमा याक चढ्ने (याक राइडर) कला प्रदर्शनी ३ सय चौंरी को प्रदर्शनी चौंरीका बिभिन्न प्रजातीको प्रदर्शनी चौंरी गोठालाका परम्परागत खेल चौंरी गोठमा प्रयोग हुने सामाग्री जडीबुटीको फोटो प्रदर्शनी समेत आयोजना गरिएको उपाध्यक्ष राइले बताउनु भयो ।

हिमाली क्षेत्रको जंगलमा बढी रमाउने चौरीको बथान हेर्ने र चौंरीको प्रजाती फम्जो चढ्ने कार्य महोत्सवको आकर्षणको केन्द्र बनेको थियो ।महोत्सवमा आएका यूरोपेली,चाइनिज र भातरका पर्यटकले संसारका धेरै ठाउँमा बिभिन्न प्रकारका महोत्सव देखे पनि चौंरी महोत्सवबारे भने कहिल्यै नसुनेको बताए । अष्टेलियाबाट नेपाल भारतको सिमावर्ती पर्यटकीय क्षेत्र सन्दकपुर हुदै महोत्सव स्थल आइपुगेका जेरिमी पाउलले यस प्रकारको महोत्सव जीवनमा पहिलो पटक देखेको र आफुलाई आनन्द लागेको बताउनु भयो ।

मानवबस्ति नभए पनि प्राकृतिक मनोरम स्थान बिभिन्न प्रजातीका लालीगुराँस फुलेको सो क्षेत्रमा आयोजना भएको महोत्सवमा बस्नका लागि अस्थाई गोठ र आधुनिक टेनहरुको ब्यबस्था गरिएको थियो । महोत्सवमा चौंरीको हुलमा फोटो खिच्ने फम्जो चढ्नेको भिड निकै आकर्षक थियो । भारतको कर्णाटक देखि आएकी निबेदिका सिं फेसबुकमा चौंरी महोत्सवबारेमा थाहा पाएर नेपाल आई पुगेको बताइन । चौंरीको बारेमा सुनेको मात्र थिएँ अहिले देखे अनि चौंरी चढियो साच्चै रमाइलो अनुभुति भयो अनि यो ठाउँ पनि शुन्दर रहेछ । भारतको दार्जिलिङ मानेभञ्ज्याङ हुदै कार्यक्रम स्थल आइ पुगेकी सिंले निकै उत्साहित हुदै भनिन ।

यो क्षेत्रमा बर्षौ देखि परम्परागत रुपमा चलि रहेको चौंरी पालन पेशालाई ब्यबस्थित गरी आर्यआर्जन सित जोड्ने र यो पेशाबाट बढी आम्दानी लिन सकिने आधारहरु तय गर्न यो महोत्सवले सघाउ पु¥याउन सक्छ । भारतको सिक्किम र भुटानमा पनि चौंरी पालन पेशा रहेको छ तर भुटानमा भने निकै ब्यबस्थित भइ सकेको छ खास गरी भुटानका राजा आपैm पनि चौंरी पालन ब्यबसायलाई ब्यबस्थित गर्नका लागि सकारात्मक भएका हुनाले यहाँ भन्दा भुटानमा यो ब्यबसाय ब्यबस्थित हुदै जादै छ चौंरी महोत्सव प्रायोजक संस्था कञ्चनजंघा भू परिधी संसरक्षण तथा बिकास परियोजना इसिमोडका कार्यक्रम निर्देशक डा नकुल क्षेत्री भन्नुहुन्छ ।

चौंरी पालन पेशालाई समय अनुसार ब्यबस्थित गर्दै खास गरी हिमाली क्षेत्रमा पाइने महत्वपुर्ण जडीबुटी बन्यजन्तु लगायत जैबिक बिबिधताको संरक्षणलाई समेत एकिकृत कार्यक्रम बनाएर अघि बढ्न सके यो कार्यक्रम अझ प्रभावकारी हुने संरक्षणको क्षेत्रमा कार्यरत अग्रण्ी संस्था दिपजोती कलबका पाँचथरका कार्यकारी निर्देशक सुनिल बान्तावा भन्नुहुन्छ ।

दोस्रो चौरी महोत्सवमा पुग्नु भएका प्रमुख अतिथी पाँचथरका प्रतिनिधी सभा सदस्य बषन्तकुमार नेम्बाङले यो महोत्सवले जिल्लाको पर्यटन बिकास क्षेत्रमा सहयोग पु¥याउने धारणा राख्नु हुदै यो क्षेत्र पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको हुदा यस क्षेत्रको भौतिक बिकासका लागि आफुले गर्न सक्ने सहयोग गर्ने आफु तयार रहेको बताउनु भयो । वहाँले पाँचथरका उत्तरी सिमा वर्ती क्षेत्रमा धेरै बर्ष पहिला देखि चलि रहेको चौंरी पालन ब्यबसायलाई ब्यबस्थित र ब्यबसायीक बनाउन सके यसले जिल्लाकै आर्थिक समृद्धिमा टेवा पु¥याउने बताउनु भयो ।

महोत्सवले खास गरी परम्परगत चौंरी पालन पेशालाई ब्यबस्थित गनेै पशुपालक कृषकको आयस्रोत बढाउन यो महोत्सव सफल बन्ने आयोजक फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रवर्दन समितीका सभिा चन्द्रलाल नेपाल भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्