सर्वोत्तम् सिमेन्ट र लक्ष्मी स्टिल्सको प्रविधिक जानकारी



नेपाल समाचारपत्र
काठमाडौं
सर्वोत्तम् सिमेन्ट प्रालि र लक्ष्मी स्टिल्स प्रालिले बुटवल, सुनवल र भैरहवालाई केन्द्रित गरी सो क्षेत्रमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरूलाई लक्षित गरी कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डन्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रूपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको थियो।

उक्त भेलामा बुटवलमा १२५ जना, सुनवलमा २२० जना र भैरहवा १२० जना ठेकेदारहरूको उपस्थिति रहेको थियो। अत्याधुनिक युरोपियन भीआरएम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो र एक मात्र सिमेन्ट उद्योग सर्वोत्तम सिमेन्ट प्रालिले ग्रिन सर्वाेत्तम ओपीसी र श्रीग्रिन पीएससी नामक ब्रान्डका सिमेन्ट बिक्री वितरण गरिरहेको छ।

सर्वोत्तम सिमेन्ट प्रालि क्रसबार कुलर इन्टेलिजेन्ट मेसिन कन्ट्रोलको प्रयोग गरी सिमेन्टको गुणस्तरमा एकरूपता प्रदान गर्ने नेपालको एक मात्र सिमेन्ट उद्योग हो ।

नेपालमा हालसम्म सबैभन्दा बढी विदेशी लगानी भित्राई उत्पादन गर्न सक्षम यस सर्वोत्तम सिमेन्ट प्रालि आईएसओ ९००१गुणस्तर प्रमाणित, वातावरणमैत्री भएको कम्पनीका ब्रान्ड मेनेजर गोपाल सारडाले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्