सरिफले कुनै पनि सार्वजनिक पद धारण गर्न नपाउने



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफको राजनीतिक जीवनमा विश्राम हुने गरी एक फैसला दिएको छ। अदालतले यदि कुनै व्यक्तिलाई संविधानको धारा ६२ १ एफअन्तर्गत अयोग्य ठहर गरिएमा त्यो व्यक्ति आजीवन अयोग्य रहनेछ। यो फैसलाको अर्थ पूर्वप्रधानमन्त्री सरिफ अब आजीवन कुनै पनि सार्वजनिक पदमा आसीन हुन पाउनेछैनन्।

यसैवर्ष फेब्रुअरीमा पाकिस्तानी सर्वोच्च अदालतले संविधानको अनुच्छेद ६२ र ६३ अनुसार अयोग्य ठह¥याइएका कुनै पनि व्यक्ति राजनीतिक पार्टीको प्रमुख हुन नसक्ने फैसला दिएको थियो। उक्त फैसलापछि सरिफ उनको पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीका अध्यक्षमा पनि बस्न नपाउने भएको थियो।

डन न्युजका अनुसार ५ जना न्यायाधीशको बेन्चले सर्वसम्मतिबाट उक्त आदेश दिएको हो। पाकिस्तान प्रधानन्यायाधीशा साकिब निसारले उक्त आदेश दिनुअगाडि भने– ‘जनतालाई असल चरित्रका नेताहरूको आवश्यक छ।’

पानामा पेपर्स प्रकरणमा सर्वोच्च अदालतले गतवर्ष ६८ वर्षीय सरिफलाई प्रधानमन्त्री पदका लागि अयोग्य ठह¥याएका थियो। पूर्वप्रधानमन्त्री संविधानअनुसार आफ्नो तलबलाई सम्पत्तिका रूपमा घोषणा नगरेकोमा दोषी पाइएको थियो। त्यसैगरी पानामामा नक्कली कम्पनी खोलेर सम्पत्ति स्थानान्तरण गरी देशलाई कर छल्ने कार्यमा सरिफ र उनका परिवार सदस्यहरू संलग्न रहेको पाइएको थियो।

प्रतिक्रिया दिनुहोस्