राजधानीमा फेसन युनाइट्स



रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र एम म्याम बुटिकका फेसन डिजाइनर एनी तण्डुकारको संयोजनमा राजधानीमा फेसन युनाइट्स शर्षकमा फेसन शो भएको छ।

२४ व्यावसायिक मोडलका साथै नायिकाहरु बीच राजधानीको ब्लु स्टार मलमा फेसन युनाइट्स भएको हो। शोमा नेपालका चर्चित मोडलहरुको साथमा अभिनेतृ शुभेच्छा थापादेखि एलिजा गौतमसम्मको सहभागिता रहेको थियो। शोमा थापा, गौतमलगायत मोडलले ब्राइडल लेहेंगा, गाउन फ्युजन, वेस्टर्न वेयर, इम्ब्राइडरी, पद्मावती, जडाजी डिजाइन, समर पार्टी वेयर, क्याजुयललगायतका आकर्षक पहिरनमा आकर्षक क्याटवाक गरेका थिए। वेस्टर्न र इस्टर्न शैलीका पहिरनबीच विभिन्न जातजातिको संस्कृतिसमेत झल्किने फ्युजन पहिरन पनि शोमा देखिएको थियो । प्रदर्शन गरिएका पहिरनलाई श्रीषा बैदार फैंजु, एनी तण्डुकार, समन प्रजापति, उपासना सराफ, सुमी श्रेष्ठ र अमितेष कर्णले डिजाइन गरेका थिए।

फेसन शोको कोरियोग्राफी भने मोडल तथा कोरियोग्राफर राज फैंजुले गरेका थिए। आयोजक संस्था रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउन्डर डाइरेक्टरसमेत रहेका फैंजुको कोरियोग्राफीमा मोडलहरुले र्याम्पमा क्याटवक गर्दा दर्शक मोहित भएका थिए। नेपालको मोडलिङ र फेसन क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने सोचले आफू अघि बढिरहेको र सोही अभियानअन्तर्गत नै फेसन युनाइट्स कार्यक्रमको आयोजना गरेको फैंजुले बताए।

प्रतिक्रिया दिनुहोस्