दुबई, पाकिस्तान र भारतबाट काठमाडौंमा ठगी



काठमाडौं, (नेस)
इमो तथा भाइबरमा चिठ्ठा परेको म्यासेज पठाएर ठगी गर्दै आएका गुल्मीका विजय ज्ञवालीलाई प्रहरीले जनाएको छ। पक्राउ परेका ज्ञवाली पैसा लिएर विदेश पठाउने एजेन्ट भएको समेत प्रहरी अनुसन्धानमा खुलेको छ। महानगरीय अपराध महाशाखाका अनुसार यसरी ठगी गर्ने गिरोहका नाइकेहरू भारत, दुबई र पाकिस्तानमा रहेको प्रहरीले जनाएको छ।

विजय ज्ञवालीले रुपक खरेल नामक व्यक्तिले आफूलाई सो पैसा निकाल्न लगाएको समेत बताएका छन्। खरेल फरार छन्। विजय कुमार, अकाश बर्मा, राणा प्रताप सिंहलगायत नामक गरेका व्यक्तिहरूले इमो तथा भाइबरमा चिठ्ठा परेको म्यासेज पठाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ।यस्ता किसिमका ठगीका उजुरी दैनिक पर्ने गरेको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताएका छन्।

पछिल्लो पटक ज्ञवाली नरदेवीमा बस्ने एक महिलालाई ‘होली लक्की ड्र’को २५ लाख रुपियाँबराबरको चिठ्ठा परेको भन्दै ३ लाख रुपियाँ ठग्दै गर्दा पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्