आयआर्जनको गतिलो स्रोत बन्दै बाख्रापालन



नेपाल समाचारपत्र, मुगु ।
दिनप्रतिदिन भारत गएर कमाई गर्नु सर्वसाधारण बाख्रापालन ब्यबसाय प्रति आर्कषित हुन थालेका छन् । खत्याड गाउँपालिका वडाँ नं ८ हिगोटिका नानी सार्किको दैनिकि भने बाख्रा पालन ब्यबसाले खुशिले छाएको छ ।

दलित परिवारमा जन्मिएर घरको आरन पेशाले समेत खान लाउँन समेत नपुगि भारत नै रोजगारको माध्यम बनाएका उनका १२ जना परवार परर्खैली आरन पेशालाई छोडेर बिदेश जान भन्दा गाउँमै बाख्रा पालन ब्यबस्या संचालन गरेका छन ।

छोरा छोरी पढाउँ नु त परै जावस घरको कमाईले ३ महिना मात्र खान पुग्थ्यो, भारत गएर जेन तेन बाँकी ६ महिना मात्र पेट पालन हुन्थ्यो बाख्रा किन्नको लागि धूपिरुख सामूदायिक संस्था श्रीकोटबाट मैले रिन लिएर बाख्रा पालन ब्यबसाय २०६६ सालमा शुरुगरदेखिे बाख्रा पालन ब्यबसाय फस्टाएको नाना बताउँ छन् ।

जिल्लामा गरिबि निवारण कोष र किडार्क नेपालको साभेदारीमा २०६२ सालबाट मुगुमा आयआर्जनकोलागि कार्यक्रम संचालन गरेपछि खत्याड गाउँपालिकाक नाना सार्कि मात्र हैन मुगुका अधिकासं सर्वसाधारणको दैनिकि भने फरिएको छ । दलित ,जनजाति,गरिव र महिला लगाएत पछि परेको बर्गमा भने रोजगारकोलागि बाख्रा पालन ,खुद्रा पसल,,तरकारी खेति ,चौरी पालन,मौरी पालन लगाएतका ब्यबसायमूलक कार्यक्रम समेत संचालन गरिदै आएको कुरा कार्यक्रमका अधिकृत जयप्रकास मल्ल बताउँ छन् ।

बाख्रपाल ब्यबसायले परिवारको आयआर्जनमा बृद्धि भएपछि हिगोटि गाउँका २५ जना परिवारले समेत नाना सार्किको बाख्रा पालनको सिको गरेर लोकल र लाखा जातका बाखा्र पालन बयबसाय समेत शुरु गरेका छन् ।

पशुपालन र बाख्रा पालको लागि चरिचरन र हावापानी पनि राम्रो भएकोले श्रीकोट हिगोटिका अधिकासं परिवार बाख्रापालनले छोराछोरीको शिक्षा ,परिवारको ब्यबसाय , बचतकोलागि समेत बिदेश जानु भन्दा बाख्रा पालन नै ठिक भन्दै हिगोटि बस्तिका अधिकासं दलित समुदाय बाख्रा पालनमा आक्रषित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्