बिसु पर्व मनाउन घर फर्किदै प्रदेशीहरु



विमल विष्ट, डोटी ।
रोजगारीका लागि भारत तथा देशका बिभिन्न ठाउमा गएका डोटीका स्थानिय सहित समग्र ७ प्रदेशका सुदूरपश्चिमेलेहरु अहिले नयाँवर्ष अर्थात बिसु पर्व मनाउन घर फर्किन थालेका छन् । परदेशीएकाहरु बिसुपर्ब मनाउन घर फर्किन थालेपछि अहिले डोटी लगायत यहाँका पहाडी जिल्लाहरुमा चहल पहल बढेको छ ।

वर्खे तथा हिउँदे बालीलगाएर खाली समयमा मजदुरी गर्न भारत गएका यहाँका पहाडी जिल्लाका स्थानियहरु नयाँवर्ष (बिसु) मनाउन घर फर्किन थालेपछि सुदूरपश्चिमको ब्यपार ब्यबसाय पनि केही दिन यता देखी निकै फष्टाउन थालको स्थानिय होटेल ब्यबसायी हर्कबहादुर बमले बताउनु भयो । उहाँले भन्नु भयो ‘रोजगारीका लागि जिल्ला बाहरि र छिमेकी मुलुक गएकाहरु गाउमा गाउ आउन थालेपछि उनिहरुले गर्ने किनमेलका कारण अहिले जिल्लाको आयश्रोत पनि थप बढेको छ ।’

परदेशीएकाहरु फर्किन थालेपछि अहिले डोटीका गाउमा पनि निकै चहल पहल बढेको जोरायल गाउपालिका स्थिती निरौली गाउका स्थानिय चित्रराज भट्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘केही समय पहिला गाउमा सुन सान थियो परदेश गएकाहरु अहिले सबै घर फर्किन थालेपछि गाउघरमा निकै रौनक आएको छ ।’ यतिमात्र नभई यसरी फर्किएकाहरुले सीमा क्षेत्रमा ठगिने गरेको गुनासो गरेका छन् ।

नेपालको पश्चिम सीमानामा रहेको बनबासा पुलपारी रहेका भारतीय प्रहरी तथा भन्सारका कर्मचारीले प्रत्येक नेपालीबाट विभिन्न बहाना बनाएर ठग्ने गरेको भारतबाट फकिर्मनेहरुको गुनासो छ । उता ७ नम्बर प्रदेशका निमित्त प्रहरी प्रमुख डिआईजी शरद चन्दले सिमानाकामा लुटिन नदिनका लागि ब्यापक रुपमा प्रहरी निगरानी बढाएकाले अब कोही लुटिएका घटना नआउने बताउनु भयो ।

उहाँले भन्नु भयो ‘नयाँ वर्ष मनाउन घर फर्किन थालेकाहरु लुटिन थालेको खवर पाएपछि अहिले सिमा क्षेत्रमा थप प्रहरी संख्या बढाएको र आबस्यक संख्यामा सादा पोसाकका प्रहरी खटाईएको छ,कहि कतै त्यस्ता घटना घटे तत्कालै प्रहरी रेस्पन्छ हुने छ ।’ भारतीय प्रहरी तथा भन्सारले घर फर्किने नेपालीलाई दुःख दिने गरेको गुनासो आउने भएकाले त्यसबारे भारतीय पक्षका प्रहरी अधिकारी सँग कुरा गरेर केही सुधार भएको कञ्चनपुरका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिल्लीराज विष्टले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘भारतिय पक्ष बाट दिने गरेको दुःख अन्त गर्नका लागि हामीले उनिहरुका अधिकारी संग कुरा गरेका छौ,उनिहरु त्यो बारेमा सकारात्मक देखिएका छन् ।’ सुदूरपश्चिममा हरेक वर्ष बैशाख १ गतेलाई विशु पर्वका रुपमा धुमधामका साथ मनाउने गरिन्छ । विशु पर्व मनाउन घरबाट बाहिर रहेका दाजुभाई तथा दिदी बहिनी फर्किने र रमाइलो साथ नयाँवर्ष मनाउने चलन रहेको छ ।

सुदूरपश्चिममा नयाँ बर्ष अर्थात बैसाक १ गते देवरले भाउजु,भाउजुले देवर तथा सालीले भेलालाई सिस्नु लगाउने चलन पनि रहेको छ । भारत गएकाहरु घर फर्किन थालेपछि अहिले तराई बाट पहाड आउने गाडीहरु पनि दैनिक भरिभराउ तरिकाले भित्रिन थालेको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्