सुकुम्बासीको तथ्याङ्क सङ्कलन सुरु



सलिम अन्सारी,प्युठान ।

जिल्लाको सरुमारानी गाउँपालिका क्षेत्रका सुकुम्बासीहरुको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ। गाउँपालिका अन्तर्गत गठन भएको ुलगत संकलन समितिुले प्रारम्भिक चरणमा वास्तविक सुकुम्बासीको पहिचानका लागि स्थलगत अध्यन थालेको हो।

समितीले सुकुम्बासी र अव्यबस्थित बसोबासको स्पष्ट्र लगत संकलन गरि स्थानीय सरकार समक्ष पेश गर्ने गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताए।
ू वास्तविक सुकुम्बासीको पहिचानको चरणमा छौूँ उनले भने(ुनिवेदनबाट प्राप्त हुने प्रमाणहरुको आधारमा छानमिन गर्छौ।

अध्यक्ष बिश्वकर्माले स्थानीय सरकारलाई प्राप्त अधिकार क्षेत्रभित्र रहेर काम गर्ने बताए।

गाउपालिका स्तरिय लगत संकलन समितिको हालै बसेको बैठकले वास्तविक सुकुम्बासीहरु, भूमिहीन र अव्यवस्थित बसोवास रहेकाहरुको चैत २४ गतेदेखि २९ गतेसम्म पहिलो चरणमा तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको थियो। समितिले गाउपालिका क्षेत्रमा रहेको अव्यबस्थित बसोबासको समस्यालाई समाधान गर्न अभिलेख तयार पार्नुका साथै त्यस्को व्यबस्थित अध्यन गर्ने र सार्वजनिक जग्गा संरक्षणको लागि प्रभावकारी योजना समेत बनाउने छ।

सार्वजनिक सूचनामार्फत गाउँपालिकामा रहेका वास्तविक सुकुम्बासी, आफ्नो परिवार र अंशियारको नाममा कुनैपनी ठाउमा आठ आना भन्दा बढी जग्गा जमिन नभएका, गुठी,ऐलनी तथा सार्वजनिक जग्गामा बसोबास गरिरहेका,कृषि पेसामा श्रम गरी जीविकोपार्जन गरिरहेका भूमिहीन र २०६४ सालभन्दा अगाडिदेखिका अव्यवस्थित बसोवासीहरुलाई निवेदन दिन आग्रह गरेको समितिका अध्यक्ष हरि पौडेलले बताए।

वास्तविक सुकुम्बासीको पहिचानका लागि वास्तविक सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोवासीहरुले मात्रै निवेदन पेस गर्न उनले आग्रह गरे।

सरुमारानी गाउँपालिकाका ६ वटै वडामा पुगेर समितीले लगत संकलन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्