खुल्ला शौच गर्नेको संख्यामा कमी



बीरबहादुर बम, मुगु ।
जिल्लाका अधिकासं स्थानिय तहका बस्तिहरु खुल्ला दिशामुत्त घोषणा गरिए सगै खुल्ला शैच गर्नेको सख्यामा समेत कमी आएको छ । शुरु शुरुमा शैचालयमा टवाईलेट गर्ने भनेको केहो बुझाउँनै धै धै हुने गाउँका स्तानियवासी आजकल बुढाबुढि देखि बालबालिका सम्मै खुल्ला ठाउँमा टवाईलेट गर्न समेत लज्जित हुने गरेका छन् ।

खुल्ला ठाउँमा शैच गर्ने भनेपछि टवाईलेट नलाग्ने र कारबाही हुने भन्दै अाँखा देखि नदेखि छामछुन गरी शैचालयमै गएर आँफुले दिशा पिसा गर्ने गरेको सोरु गाउँपािलका वडा नं. ८ का ८२ बर्षिया रामबहादुर बम बताउँ छन् ।

गु आयो गााउँ आयो भन्ने उखान केहीबर्ष अगाडि वास्तविकतामा नै आधारित थियो गाउँको चारै तिर दिशा नै दिशा देख्न्थ्यिो बाटोमा दिसा पिसावको नाक छेडने गन्धले बटुवा र गाउँका सर्वसाधारण नाक थुनेर बाटोमा आवत जावत गर्ने गर्दथे तर आजकाल आफनै आँखा अगाडि बाटोमा ँिदशा पिसाव त के बाटो र गाउँ सरसफाईले शोभायमान भएका छन् गाउँका सर्वसाधारणको छ ।

सन् २०१२ बाट जिल्लामा खुल्ला दिसामुत्त गाबिस घोषण सँगै गरेका अभियानमा सवसाधारणको टवाइलेट मै गएर दिशा पिसा गर्ने मानिसको आनिवानीमा सुधार आएको छ । मुगुका ९ हजार ६ सय घरधूरीमा ५ हजार ४सय घरपरिवारले शैचालय निमार्ण गरि प्रयोगको अबस्थामा रहेको तथ्याकं छ । सन् २०१७ सम्म जिल्ला लाइ नै खुल्ला दिशामुत्त जिल्ला घोषणा गर्ने भनिए पनि सदरमुकाम गमगढिमा सार्वजनिक शौचालय नहुँदा खुल्ला दिशामुत्त जिल्ला घोषणा हुन केही बाकी अबधि कुर्नु पर्ने जिल्ला खानेपानी कार्यालयले बताएको छ ।

जिल्लाका अधिकासं बस्तिमा खुल्ला दिशामुत्त वडा घोषणा गरिए सँगै बाटो र घर आसपासमा दिशा पिसाव गर्ने बानीमा आएको सुधार सँगै धारा पधेरा गाउँटोेल ,बाटोघाटो घर आगन सफा राख्ने बानिमा समेत स्थानियवासीमा परिवर्तन आएको छ ।
जिललाका बिध्यालय ,स्वास्थ्य चौकि ,वडा पालिका लगाएतका सार्वजनिक निकायमा समेत शौचालय र खानेपानीको प्रबन्ध भए सँगै बालकदेखि बृद्धासम्म सुरक्षाका दृष्टिले पनि शौचालयमै गएर दिशा पिसाव गर्ने सख्यामा बृद्धि भएको छ ।

जिल्लालाई नै खुल्ला दिसामुत्त घोषणा र्ने अभियानमा जिल्ला खानेपानि कार्यलय ,किर्डाक नेपाल लगाएतका सरकारी तथा गैर सरकारी कार्यालयको सहजीकरण र सहयोगमा आर्थिक तथा प्राबिधिक सहयोग गरेपछि जिल्ला सदरमुकाम बाहेक जिल्लाका सबै बस्ति खुल्ला दिशा मुत्त बनि सकेका किर्डाक नेपालका जिल्ला सयोजक टेकबहादुर शाही बताउँ छन् ।

ग्रामिण भेगमा शौचालय निमार्ण गर्ने काम दिन प्रतिदिन बढेपछि खानेपानीका सामाग्रि र शौचालयका सामाग्रिको बिक्रि अत्याधिक बढेको छ भने अर्को तिर सरसफाईमा आएको सुधारले ग्रामिण क्षेत्रमा समेत आन्तरिक र बाहिय पर्यटक आउने संख्यामा बढेको कुरा जनता ट्रेर्डसका संचालक ज्ञानदत्त भट्ट बताउँ छन् ।

जिल्ला भर खुल्ला रुपमा दिशा पिसाव गर्ने र सरसफाईमा आएको सुधारले ,झाडा पखाला ,आउँमासी ,रुघाखोकिका बिरामीको संख्यामा समेत कमी आएको छ भने खानेपानीको समस्या समेत सभार आएको छ ।

प्रतिक्रिया दिनुहोस्