व्यक्तीगत लगानिमा जाजरकोटको दर्गम गाउँमा बन्यो विशाल अस्पताल



प्रकाश पन्त, बीरेन्द्रनगर ।
जाजरकोटको दुर्गम गाउँ दशेराको बडावनमा निर्माणाधीन अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शिलान्यास गरिएको ६ महिनापछि अस्पताल निर्माण सम्पन्न हुन लागेको हो ।

पूर्व सांसद तथा समाजसेवी राजीवविक्रम शाहले व्यक्तिगत लगानीमा बडावनमा २५ शैश्याको अस्पताल निर्माण सम्पन्न हुन लागेको हो । शाहले कुमारी ट्रस्ट मार्फत ५ करोड रुपैयाको लगानीमा छेडागाड नगरपालिका—५ थलबजार नजिकैकै बडावनमा अस्पताल निर्माण गर्नु भएको हो ।

जाजरकोटका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिने उदेश्यले व्यक्तिगत लगानीमा अस्पताल निर्माण थालेको पूर्व सासंद शाहले बताउनु भयो । पञ्चकन्या गुप्रका मार्केटिङ्ग इन्जियनर शंभू कर्णले अस्पताल भवन निर्माणमा पञ्चकन्या लाइट जेज स्टिल स्ट्रक्चर प्रविधिको प्रयोग गरिएको बताउनु भयो । भवन निर्माणको काम सकिएको छ भने अव ग्राउण्ड गर्ने काम वाकी रहेको भवन उहाँले बताउनु भयो । अहिले झ्याल र ढोकामा रंगरोगन गर्ने काम चलिरहेको पनि उहाँले उल्लेख गर्नुभयो । टयल लगाउने देखि अन्य फिनिसिङको काम भने कुमारी ट्रस्टले गर्ने बताएको छ ।

२५ शौयाको अस्पताल भवनका साथै डाक्टर र स्टार्पहरुको लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेटर राख्ने भवन पनि निर्माण गरिएको छ । माइनर अप्रेसन पनि गर्न मिल्ने गरी भवन निर्माण गरिएको छ । भुकुम्प प्रतिरोधी भवनको निर्माणसँगै अस्पतालको लागि आवश्यक पर्ने २ करोड ५० लाख रुपैयाका उपकरण पनि किनिएको छ । अस्पताल संचालनमा आएपछि जाजरकोटका साथै पश्चिम सल्यान र पूर्वी सुर्खेतका जनताले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउने छन ।

२५ शैयाको अस्पाल निर्माण भएपछि यस क्षेत्रका जनता निकै हर्षित भएका छन । अस्पताल निर्माणपछि माइनर अप्रेसन पनि हुने भएकोले विपन्न जनतालाई धेरै राहात पुग्ने बताएको छ । शाहले २०७० सालको निर्वाचनको क्रममा जाजरकोटी जनतासँग अस्पताल निर्माण गर्ने प्रतिवद्धता गर्नु भएको थियो । व्यक्तिगत लगानीमा सामुदायिक अस्पताल निर्माण गरेर जनतासँग गरेको बाचा पुरा गर्नु गरेको शाहले बताउनु भयो ।

शाहले सांसद भएको अवधिमा समस्या परेका नागरिकका सहयोगमा करिव ६० लाख रुपैया खर्च गर्नु भएको थियो । उहाँले संसदको तलव भत्ता पनि लिनु भएन । त्यो रुपैया गरिव तथा विपन्न जनताको लागि खर्च गर्नुभयो । पूर्व सांसद शाहले जाजरकोटको पूर्वाधार निर्माण, जनशक्ति उत्पादन, शिक्षा, स्वास्थ्यमा बढ्ता फोकस दिनु भएको थियो । गाउँ गाउँलाई सडक संजालले जोडनु भयो ।

विद्यालयको भवन निर्माणदेखि विद्यार्थीको लागि प्राथमिक उपचारसहितको किटवक्स पनि उपलव्ध गर्नु भएको थियो । जनतालाई सुख दुखको वेला साथ दिदै आएका शाहले भगवतीमा पहिरो गर्दा, दशेरामा बम विस्फोट हुदा, गाडी दुर्घटना हुदा, झाडापखालाको महामारी फैलदा, सुत्केरी हुन नसकेर जोखिममा परेका महिलालाई तत्काल बचाउनु पर्ने अवस्था आउँदा नीजि खर्चमा हेलिकप्टेरबाट उद्धार गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्