अब काठमाडौँका मुख्य ठाउँमा फ्रि वाइफाइ



नेपाल समाचारपत्र, काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा दिने भएको छ । यस सेवाका लागि महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकबीच आइतबार सम्झौता भएको छ ।

काठमाडौँका मुख्य क्षेत्र जस्तै हनुमानढोका क्षेत्र, पशुपतिनाथ, स्वयम्भु, बालाजु र शंखपार्कमा निःशुल्क इन्टरनेट सेवा सुरु गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वर्ल्ड लिकंंका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरिसकेका छन् ।

कम्पनीले अबको दुई महिनाभित्र तोकिएका स्थानमा निःशुल्क इन्टरनेट जडान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्