चीनको टिआंगोंग १ अन्तरिक्ष प्रयोगशाला पृथ्वीमा खस्दै



पृथ्वीको सतहबाट २ सय ७० किमि माथि रहेको चिनियाँ स्पेस स्टेसन टिआंगोंग १ । तस्बिर : मिरर युके

काठमाडौं । एक चिनियाँ स्पेस ल्याब (अन्तरिक्ष प्रयोगशाला) पुनः पृथ्वीमै १/२ दिनमै खस्ने भएको छ । अधिकारीहरुले चीनको अहिलेसम्मकै महत्वाकांक्षी अन्तरिक्ष परियोजनाको डरलाग्दो अन्त्य हुनलागेको बताएका छन् ।

४० फुट लामो टिआंगोंग १ को नामको अर्थ स्वर्गीय स्थान भन्ने हन्छ । यो स्पेस स्टेसन आज शनिबार या भोलि आइतबार पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने युरोपेली अन्तरिक्ष संस्था (ईएसए)ले जनाएको छ ।

यद्यपि चीनको चाइना म्यान्ड स्पेस इन्जिनियरिंग अफिसले भने थोरै परको मितिमा खस्ने पुष्टि गरेको छ । उसका अनुसार अप्रिल १ देखि २ छिटोमा र ढिलोमा अप्रिल ४ सम्म स्टेसन खसिसक्नेछ ।

वैज्ञानिकहरुले स्टेसन दुर्घटनाबारे बताएका छन् । उनीहरुका अनुसार स्टेसन पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा जल्ने भएकाले यसका अवशेषहरु खस्दा चम्किलो वस्तु पृथ्वीमा खस्नेछ ।

यद्यपि मानिसहरुलाई यसले कुनै जोखिम नपार्ने चीनको स्पेस इन्जिनियरिंग अफिसले बताएको छ । उनीहरुका अनुसार यो पृथ्वीमा खस्दा खासै डर लाग्दो परिस्थिति सिर्जना हुनेछैन तर यसका थुप्रै अवशेषहरु भने खस्नेछन् ।

यो अन्तरिक्ष स्टेसन सन् २०११ को सेप्टेम्बरमा चीनको अन्तरिक्ष मिसनअन्तर्गत स्थायी अन्तरिक्ष स्टेसनको परीक्षणका रुपमा प्रक्षेपण गरिएको थियो । चीनले स्थायी अन्तरिक्ष स्टेसन भने सन् २०२२ तिर प्रक्षेपण गर्ने यसअघि नै उल्लेख गरिसकेको छ ।

तर चीन सरकारले भने सन् २०१७ को मेमा राष्ट्रसंघलाई २०१६ मार्चदेखि आफ्नो अन्तरिक्ष स्टेसनले काम गर्न छोडेको जनाएको थियो । यद्यपि उसले किन यस्तो भयो भनेर कुनै कारण खुलाएको थिएन । बिहीबारमात्रै उक्त स्टेसनले पृथ्वीलाई १९६.४ किमि अर्थात् १२२ माइल उचाइमा परिक्रमा गरेको थियो ।

नासाको पहिलो स्पेस स्टेसन स्काईल्याब सन् १९७९ मा नियन्त्रण गुमाउँदै पृथ्वीमा जोखिमरहित रुपमा पृथ्वीमा खसेको थियो । त्यस्तै पछिल्लो पटक भने सन् २००१ मा रुसको १३५ टन क्षमतायुक्त मिर स्टेसनलाई नियन्त्रित रुपमा वायुमण्डलमै टुक्रा पारी खसाइएको थियो ।

स्टेसनको असफलताका बाबजुद चीनलाई अन्तरिक्ष मिसनमा अघि बढ्न भने रोकेको छैन । २०१६ कै सेप्टेम्बरमा चिनियाँ वैज्ञानिकहरुले टिआंगोंग २ स्पेस ल्याब सफलतापूर्वक पृथ्वीको कक्षमा पुर्याइसकेका छन् ।

प्रत्यक्षरुपमा आगाका ठूला ठूला झिल्का देख्न सकिने 
अस्ट्रेलियामा रहेको इन्टरनेशनल सेन्टर फर रेडियो एष्ट्रोनमी रिसर्चका प्राविधिक निर्देशक मार्कुस डोलेन्स्कीले उक्त स्टेसन खसेको दृश्य प्रत्यक्ष रुपमा देख्न सकिने बताएका छन् । सो क्रममा फायरबल (आगाका लप्का)हरु बाक्लो गरी खस्नेछ । पृथ्वीको माथिल्लो वायुमण्डलले उक्त स्टेसनको गति सीमित पार्ने उनको भनाइ छ ।

रकेट र स्याटेलाइटका टुक्राहरु खस्ने भए पनि मान्छे नै बस्न मिल्ने उक्त स्टेसन खस्न लागेको हुँदा यसलाई दुर्लभ समेत मानिएको छ । नासाको पहिलो स्पेस स्टेसन स्काईल्याब सन् १९७९ मा नियन्त्रण गुमाउँदै पृथ्वीमा जोखिमरहित रुपमा पृथ्वीमा खसेको थियो । त्यस्तै पछिल्लो पटक भने सन् २००१ मा रुसको १३५ टन क्षमतायुक्त मिर स्टेसनलाई नियन्त्रित रुपमा वायुमण्डलमै टुक्रा पारी खसाइएको थियो ।

खस्दै गरेको टिआंगोंग भूमध्यरेखाबाट ४३ डिग्री उत्तरी र ४३ डिग्री दक्षिणी अक्षांशमा रहेको मानिएको छ । त्यो भनेको उत्तर अमेरिकाको न्युयोर्कदेखि दक्षिण अफ्रिकाको केप टाउनसम्मको दूरी हो । यद्यपि वैज्ञानिकहरुले ठ्याक्कै यहाँ नै खस्नेछ भनेर निश्चित गर्न सम्भव नरहेको बताएका छन् ।

-सीएनएन (अनुवाद)

प्रतिक्रिया दिनुहोस्