भिसा प्रक्रिया जटिल



वासिङ्टन, (एजेन्सी)
अमेरिकाको भिसा आवेदन प्रक्रियालाई जटिल बनाइएको छ। अब अमेरिकामा भिसा आवेदन गर्नेले आफ्नो पुरानो मोबाइल नम्बर, इमेल आईडी र सामाजिक सञ्जालको हिस्ट्रीसहित अन्य कयौं जानकारी पेस गर्नुपर्नेछ।

देशका लागि खतरा बन्न सक्नेलाई रोक्न ट्रम्प प्रशासनले भिसा प्रावधान जटिल बनाएको हो। यो नयाँ नियमबाट ७ लाख १० हजार शरणाथी भिसा आवेदक र १ करोड ४० लाख गैरशरणार्थी भिसा आवेदक प्रभावित हुने गृह विभागले जनाएको छ। आवेदकले सामाजिक सञ्जालमा युजरनेम र विगत ५ वर्षमा प्रयोग गरिएका तथा हाल गर्दै आइरहेको फोन नम्बरको पनि जानकारी दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्