शक्तिशाली भूकम्प



न्यु ब्रिटेन आइलन्ड, (एजेन्सी)
पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शुक्रबार ६ दशमलव ९ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)ले जनाएको छ। स्थानीय प्रशासनले केही तटीय क्षेत्रमा डरलाग्दो सुनामी आउने भविष्यवाणी गरेको छ। तर तत्काल त्यस्तो कुनै अप्रिय र क्षतिसम्बन्धी खबर प्राप्त भएको छैन। स्थानीय समयअनुसार शुक्रबार बिहान ७ बजेर २५ मिनेट जाँदा न्यु ब्रिटेन टापुको रावाउलदेखि करिब १ सय ६२ किमि टाढा केन्द्रविन्दु बनाएर सो भूकम्प गएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्