आफ्नै छोरीको हत्या गरेको अभियोगमा बावुआमा पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा प्रहरीले आफ्नै छोरीलाई हत्या गरी लाश जलाएको अभियोगमा बावु सहित सौतेने आमालाई बिहीबार सार्वजनिक गरेको छ ।

प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी छोरी हत्याको अभियोगमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर१५ भिष्वामा बस्ने सत्यनारायण बर्णवाल र उनकी पत्नी गीता कुमारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उनीहरुले गएको फागुन १३ गते १६ बर्षकी नेहा कुमारी बर्णवालको हत्या गरेका हुन् । २०६१ सालमा गीतासँग दोश्रो विवाह गरेको सत्यनारायणले पाल्न समस्या भएको भन्दै छोरी नेहाको हत्या गर्नका लागि गीतालाई सघाएका थिए ।

२०६० सालमा सत्यनारायणको पहिलो पत्नी मंजु देवीको स्टोभ पड्किएर ज्यान गएको र उनीबाट नेहा सहित निरजकोृ जन्म भएको र नेहा र नीरजलाई उनीहरुले निकै यातना दिने गरेको कुरा पनि अनुसंधानका क्रममा खुलेको पर्साका प्रहरी उपरीक्षक डा.गणेब रेग्मीले बताए ।छोरी नेहालाई आफैले रिक्सामा हाली रानीघाट स्थित श्यामसानघाटमा लगी ६ हजार रुपैया दिएर एकजना दलित समुदायका ब्यक्तिलाई लाशको दाहसंस्कारका लागि रकम दिएको खुलेको पनि बताए ।

इसरी नै पर्सा प्रहरीले बिहीबार नै १० बर्षीय बालिका बलात्कारमा संलग्न मणी भूषण पांण्डेलाई पनि सार्वजनिक गरेका छ । उसले बुधबार स्थानीय एक दश बर्षीय बालिका बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।यसरी नै साढुभाइलाई छुरा प्रहार गर्ने साढुदाइ बिजुली मुखियालाई पनि पर्सा प्रहरीले सार्वजनिक गरेको छ भने लागू औषध गाँजा सहित लक्ष्मी थिंग र लक्ष्मी मोक्तानलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्