‘एकसाता भित्रै बामपन्थी शक्तिबीच पार्टी एकता हुन्छ’



सर्लाही । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एकसाता भित्रै बामपन्थी शक्तिबीच पार्टी एकता हुने बताउनुभएको छ । प्रेश चौतरी नेपाल सर्लाहीले हरिबनमा आयोजना गरेको पत्रकार संम्मेलनमा राजनीतिक प्रतिबेदनको टुङ्गो लगाएर यो हप्ताभित्रै बामपन्थी शक्तिका बिच पार्टि एकिकरण हुने बिश्वास ब्यक्त गर्नु भएको हो ।

नेता नेपालले पार्टी एकतासँगै अबको पाँच बर्षमा सरकारको विकासको अवधारण सहित विकासको ब्लु प्रिन्ट, तयार गरेर काम कार्वाही तीब्रता दिने बताउनु भयो ।

भारत सरकारको बिशेष आग्रहमा प्रधान मन्त्रीको भारत भ्रमण हुन लागेको स्पष्ट पार्नुभयो । संबिधानमा भएका त्रुटी सच्याउँदै सबैको भावना समेट्नु पर्ने उहाँको भनाई छ । उहाँले केही लोकतान्त्रिक शक्तिलाई पनि सरकारमा ल्याउने प्रयास भईरहेको बताउनुभयो ।

एक फरक प्रशंगमा नेता नेपालले प्रदेश नम्बर २ को आर्थिक संमृदिको लागि स्वाथ्य शिक्षा पर्यटनको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्