बहुमुल्य जडिबुटी शंङखे सतुवाको संरक्षण गर्दै स्थानिय



६ परिवारले लगाए ६० हजार बोट नर्सरी

 

ललित सिंह, बझाङ ।

बहुमुल्य जडिबुटी शंङखे सतुवा लोपहुन बाट बचाउन स्थानीय बासिन्दा संरक्षणमा लागेका छन् । जिल्लाको तल्कोट गाउँपालिका वडानं. १ मा रहेको रैसल्ली गाउँका स्थानिय बासिन्दाहरु अमुल्य जडीबुटी शंङखे सतुवाको नर्सरी स्थापना गरि ब्यावसायिक खेतीमा लागिरहेका छन् ।

बिश्वबाटै लोप हुन लागेको शंङखे सतुवा बिगतका दिनहरुमा स्थानीयहरुले चाहे भन्दा दो्रब्बर मुल्य पाए पछि सो सतुवाको अब्यावस्थिीत अत्खन्न गरेर अहिले लोप हुन लागेको हो ।

जिल्ला बन कार्यालयमा पहल गरी लोप हुन लागेको जडीबुटीको संरक्षणको लागि सामुदायिक बन बनाएर अहिले समुह मार्फत यसको बिउ उत्पादनको लागि करिब २ हेक्टर बनको क्षेत्रमा नर्सरी उत्पादन गरेका छन् ।

जो ठाउँमा यस जडिबुटीको उत्पादन हुने क्षेत्र पहिचान गरि लोप हुन लागेको र्दुलभ जडिबुटीको नर्सरी खेतीमा लागेको स्थानीय दल बहादुर बुढामगरले बताए । उनले भने अबको दश बर्ष भित्र यस समुदायले बनाको १० देखि १५ हेक्टर जमिनमा लगाई बिउँ उत्पादन गरी यस अमुल्य जडिबुटी शंङखे सतुबाको संरक्षणमा लागेको बताए ।
केहि बर्ष अगाडी भेडापालन ब्यावसाय अंगालेका स्थानीय पछि भेडा बा्रखा बेचेर जडिबुटीको संरक्षणमा लागेको बताए । भेडाबाखा्रमा बढी दुःख गर्नु पर्ने र जडिबुटी को नर्सरी स्थापना गरेर आगामी दिनमा सोचे भन्दा बढी लाभ लिन सकिने बताए ।
अबको १० बर्षमा करौडौ मुल्यको लोप हुन लागेको शंङखे सतुवा संरक्षण गरी देश बिदेशमा प्रख्यात बनाउने रैसल्ली जडिबुटी संरक्षर समुहका अध्यक्ष तण्डुप तामाङ्गले बताए । अहिले सो समुहमा गाउँका ६परिवार मिलेर एक घरको १० हजारका दरले सामुदायीक बनमा नर्सरी स्थापना गरेको बताए ।

अमुल्य जडिबुटी शंङखे सतुवाको संरक्षण गर्नको लागी जिल्लाका १२ वटा स्थानिय तहहरु मध्ये ८ वटा स्थानीय तहमा उपयुक्त ठाउँको पहिचान गरी बिभिन्न ठाउँमा शंङखे सतुवाको नर्सरी स्थापना गर्नमा जोड दिएको बताए । अहिले तल्कोट गाउपालिका को रैसल्लीमा केहि नर्सरी स्थापना गरी सतुवा बिलय हुनबाट जोगाउन बिभिनन पहल गरेको जिल्ला बन कार्यालयका रेन्जर सुरेन्द्र कठायतले बताए ।

जिल्ला बन बाटै सल्लाह लिएर त्यहाका स्थानीयलाई सतुवाको बिउ ,नर्सरी स्थापना गर्नको लागि जिल्ला बन कार्यालयबाट आवश्य पर्ने प्राबिधिक सहयोग गरेर । यसको बिउ उत्पादन गर्न प्राकृतिक रुपमा हुकिएका सतुवाका बोट जंगलबाट ल्याएर नर्सरी बनाई अहिले समुदायको साझेदारीमा ६०हजार बोट लगाएका छन् ।
यसको फुलको बिउ उत्पादन गरी जिल्ला भरी लोपमुलक अमुल्य जडिबुटीको ब्यापक नर्सरी स्थापना गर्ने लक्षय लिएको जिल्ला बन कार्यालयका निमित्त कार्यालय प्रमुख कर्ण बहादुर खातीले बताए ।

यस्ता लोप हुन लागेका बहुमुल्य जडिबुटीहरुको जिल्ला बनले संरक्षण गर्ने हो भने जिल्लाको आर्थिक बिकासमा धेरै ठुलो सहयोग पुग्ने बिश्चित छ । तर जिल्लामा पाईने बिभिन्न बहुमुल्य जडिबुटीको संरक्षण नगरे नामोनिसान मेटाउने निश्चित छ । जिल्ला भरीनै तत्काल अभियान सुरु गरी शंङखे सतुवाको नर्सरी झै अन्य जडिबुटीको पनि नर्सरी उत्पादन गर्न तर्फ सबै सरोकारवालाको ध्यान जाओ्स ।

प्रतिक्रिया दिनुहोस्