भूकम्प प्रतिरोधात्मक घर निर्माणमा डकर्मी तालिम



अमृत अर्याल, स्याङ्जा ।
जिल्लामा भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि दक्ष डकर्मी तयार भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समंन्वय समिति स्याङ्जाले भुकम्प प्रतिरोधात्मक घर निर्माणका लागि डकर्मी तालिम प्रदान गरेको हो ।

अनुभवी डकर्मीहरुलाई इन्जिनियरीङ तवरबाट घर निर्माण गर्नका लागि सहजता दिलाउन तालिम प्रदान गरेको हो । हरेक वडामा ५ जनाका दरले डकर्मी उत्पादन गर्ने लक्ष्यका साथ प्राधिकरणले तालिम दिँदै आएको छ ।

वालिङ नगरपालिका भित्र भुकम्प प्रतिरोधात्मक घर निर्माणका लागि प्राधिकरणले ३१ जना डकर्मीलाई अनुभवी इन्जिनियरबाट तालिम दिलाईएको जनाएको छ ।

यहाँका डकर्मीहरुले आधुनिक प्रविधीको तालिम प्राप्त गरेको पहिलो पटक हो ।

रोजगारको अवसर सँगै तालिमले ज्ञान समेत प्रदान गरेको छ वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमकान्त पौडेलले सहभागीहरुलाई भन्नुभयो,“भुकम्प पिडितका घरहरु अव मजबुद र राम्रो हुनेछन् ।” तालिम प्राधिकरणको औपचारिकताका लागि नभएर समग्र भूकम्प पिडितका लागि यो तालिमले सहजता मिल्ने विश्वास हामीले लिएका छौं पौडेलले भन्नुभयो ।

तालिम लिएर तालिमको उपयोग नगरिएको गुनासो आएको छ पौडेलले सहभागीहरुलाई भन्नुभयो तपाईहरुले यो तालिमबाट अनुभव लिनुभएको छ यसलाई पिडित समक्ष पु¥याउनु पर्छ । सरकारले भुकम्पबाट पिडित भएका नागरिकलाई भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि यो अभियान अगाडी बढाएको पौडेलको भनाई छ ।

यो तालिमले केही हदसम्म भएपनि दक्ष डकर्मीको अभाव पुरा गरेको छ । स्याङ्जामा करिव ५ सयको हाराहारीमा डकर्मी उत्पादन गर्ने लक्ष्यका साथ प्राधिकरण अगाडी बढेको आयोजकको भनाई छ । पुराना घर र संरचना कमजोर भएकाले भुकम्पबाट ठुलो क्षती व्यहोर्न बाध्य भयौ राष्ट्रिय पुननिर्माण प्राधिकरण स्याङ्जाका प्रमुख प्रविण ढकालले भन्नुभयो,“उत्पादित डकर्मीबाट निर्माण भएका घरहरु अव मजबुद हुनेछन् ।”

इन्जिनियरीङ डिजाईनबाट घर निर्माण गर्दा भुकम्प पिडितले केही दुःख पाएको हामीले थाहा पाएका छौं यसको सहजीकरणमा यो तालिमले सहजता ल्याउने विश्वास हामीलाई छ प्रमुख ढकालले भन्नुभयो । भुकम्प पिडितले तिन तह पुरा गरेपछि ३ लाख पाउने व्यवस्था सरकारले गरेको ढकालले बताउनुभयो ।

झन्झटिलो प्रकृयाले गर्दा सबै भूकम्प पिडीत सरकारी अनुदानबाट लाभान्वित हुन सकेका छैनन् । सरकारी झन्झटमा अफठ्यारो मान्ने पिडितले संसोधन सहितको निबेदन पेश गरेमा १ लाख सम्म लिएर घर मर्मत गर्दा पनि हुने ढकालले बताउनुभयो । वालिङमा दिइएको तालिममा इन्जिनीयर इश्वर काफ्लेले सहभागीलाई सहजीकरण गर्नुभएको थियो ।

तालिमलाई पुर्ण रुपले कार्यन्वयन गर्ने प्रतिवद्धता सहित सहभागीका तर्फबाट वोलेका शिवलाल कामीले यो आफ्ना लागि अवसर भएको बताउनुभयो । जिल्ला समन्वय समितिका सुचना अधिकारी धनप्रसाद कोइराला र कार्यालयका प्रेम रेग्मीले भुकम्प पिडितको मापदण्ड र लाभग्राहीले पाउने सेवाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

तालिममा सहभागी सबैले तालिमको सिपलाई एकरुपता दिन आग्रह गर्दै प्रशिक्षकद्धयले सिकेको तालिमबाट अन्य डकर्मी उत्पादन गर्न सुझाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्