‘मान्छेको दिमागमा झाडु लगाउँछु’



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गलत मान्छेहरुको दिमागमा सर्वप्रथम झाडु लगाउनु पर्ने बताएका छन् ।

सुर्खेतको बुलबुले उद्यान सरसफाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले केही गर्न सकिँदैन भन्ने गलत सोचयुक्त दिमागले विकास र समृद्धि नआउने भएकाले त्यस्ता सोचको दिमागमा झाडु लगाउनुपर्ने बताए ।

उनले सोच नबदलिए परिवर्तन नआउने भन्दै त्यसका लागि सबैभन्दा पहिला व्यक्ति नै परिवर्तन हुनुपर्ने बताए । मुख्यमन्त्री शाहीले गरी खानेहरुलाई अहिले पनि हेयको दृष्टिले हेर्ने गरिएको भन्दै अल्छीहरुलाई चाहिँ हेयको दृष्टिले हेर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्