फर्पिङमा बस दुर्घटना, २ को मृत्यु, २२ घाइते



नेपाल समाचारपत्र, काठमाडौँ ।
काठमाडौं स्थित दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस फर्पिङमा दुर्घना परेको हो ।

बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्जायङमा दुर्घटना भएको हुँदा २ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।
घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । घाइतेहरुको सनाखत भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्