सम्झौताको विरोध



जाग्रेव, (एजेन्सी)
क्रोसियाको राजधानी जाग्रेवको मध्यभागमा आइतबार हजारौं क्रोसियालीले महिला संरक्षणका लागि तयार पारिएको युरोपेली सम्झौताविरुद्ध विरोध प्रदर्शन गरेका छन्। तिनीहरूले सो प्रस्तावित सम्झौताले परम्परागत मूल्य मान्यता जोखिममा पर्ने बताएका छन्। टर्कीको इस्तानवुल सम्मेलनमा प्रस्तुत भएको यस सम्झौताले समलिंगी विवाहलाई वैधानिक बनाउँदै तेस्रोलिंगीहरूको अधिकारमा सुधार हुने बताइएको छ। ती प्रदर्शनकारीहरूको विरोधमा महिला अधिकारवादी समूहहरूले अर्को विशाल र्यालीको आयोजना गरेका थिए। तिनीहरूले दुई तिहाई क्रोसियालीले इस्तानवुल सम्मेलनको समर्थन गरेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्