बिदाइ



बिदाइः यही चैत १३ गते यमनसँग हुने खेलमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको शुक्रबार एन्फा कम्प्लेक्समा बिदाइ भएको छ। एएफसी च्याम्पियनसिपअन्तर्गत छनोट चरणबाट पहिल्यै बाहिरिसकेकोे नेपालको यो समूहको अन्तिम खेल हुनेछ। यसअघिको घरेलु मैदानमा भएको खेलमा नेपाल र यमन बराबरी खेलेका थिए। त्यस्तै एन्फाले जनाएअनुुसार मलेसियासँग चैत १८ गते खेल्ने भनेको मैत्री खेल औचित्यहीन भएकाले स्थगित गरिएको जनाएको छ।
उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्