अमेरिका–चीन व्यापार युद्ध शुरू: ट्रम्पद्वारा चिनियाँ उत्पादनमा ६० अर्ब व्यापार शुल्क



वासिङटन/बेइजिङ, (एजेन्सी)
अमेरिकाले चिनियाँ उत्पादनमा ६० अर्ब डलर कर शुल्क लगाउने र चीनमा आप्mनो लगानीलाई सीमित गर्ने फैसला गरेको छ।

अमेरिकाले यो कदम विगत कयौं वर्षदेखि भइरहेको बौद्धिक सम्पत्ति चोरीको बदलामा उठाएको बताइएको छ। र्वाइटहाउसले चिनियाँँ अर्थ व्यवस्थाबाट आइरहेको अन्यायपूर्ण चुनौतीको सामना गर्न उचित कदम उठाउन आवश्यक भएको जनाएको छ।

चीनले अमेरिकाको कदमले व्यापार युद्धतर्फ ढकेल्ने बताउँदै त्यसविरुद्ध उपयुक्त जवाफ दिन तयार रहेको जनाएको छ। यसअघि ट्रम्प प्रशासनले स्टिल र एल्युमिनियमसहित धेरैजसो विदेशी सामानमा भन्सार शुल्क बढाएको थियो। यसले अमेरिका–चीन व्यापार युद्धको संघारमा पुगेको महशुस गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले अरु देशले पनि अमेरिकी कम्पनीहरूका लागि समान प्रकृतिको नियम व्यवस्था गर्ने अपेक्षा गरेको बताएका छन्।

र्वाइट हाउसमा नयाँ शुल्क सम्बन्धी मेमोमा हस्ताक्षर गरेपछि उनले भने– ‘हामी चीनसँग सम्झौतालाई लिएर भइरहेको लामो बार्ताको बीचमा छौं। हेरौं के नतिजा निस्किन्छ।’

चिनियाँ उत्पादनमाथि भन्सार शुल्क लगाउने फैसला लिनु अगाडि गत वर्ष अगस्टमा अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ नीतिको जाँच गर्ने आदेश दिएका थिए।

र्वाइट हाउसका अनुसार ‘३०१ इन्भेस्टिगेसन’ नाम दिइएको उक्त समीक्षाबाट कयौं ‘अन्यायपूर्ण’ काम भइरहेको खुलासा भएको थियो। जसमा विदेशी स्वामित्वमाथि प्रतिबन्ध प्रमुख रहेको छ। जसले गर्दा चीन छिर्ने कम्पनीहरूमाथि प्रविधि स्थानान्तरण गर्न दबाब बन्ने गरेको छ।

चीनले अमेरिकी कम्पनीहरूमाथि अन्यायपूर्ण सर्त थोपर्ने गरेको, अमेरिकी कम्पनीहरूमा लगानीमा अडचन हाल्ने र साइबर हमला गराउने तथा त्यस्तो हमलाको समर्थन गर्ने गरेकोजस्ता प्रमाणहरू अमेरिकालाई प्राप्त भएको जनाइएको छ।

र्वाइट हाउसले अमेरिकाले शुल्क लगाउन सकिने १ हजारभन्दा धेरै उत्पादनको सूची तयार गरेको जनाएको छ। अन्तिम सूची जारी गर्नुअगाडि यसको कारोबार गरिरहेकाहरूलाई आफ्नो राय राख्न मौका दिने पनि बताइएको छ।

अमेरिकाले वल्र्ड ट्रेड अर्गनाइजेसनमा पनि चीनको कथित अन्यायपूर्ण लाइसेन्स सर्तको उजुरी गर्ने अधिकारीहरूले बताए। अमेरिकाका व्यापार वार्ताकार रोबर्ट लाइटाइजरले अमेरिकाले आफ्नो आर्थिक भविष्यका लागि अमेरिकी प्रविधिलाई बचाइराख्नु महत्वपूर्ण भएको बताए। उनले चीनमाथि दबाब बढाउनुपर्ने र अमेरिकी ग्राहकबाट दबाब हटाउनुपर्ने बताए।

चीनको चुनौती
बिहीबार चीनको बाणिज्य मन्त्रालयले अमेरिकाको शुल्क बढाउने कदम विरुद्ध जवाफ दिन आफू तयार रहेको जनाएको छ। एक विज्ञप्तीमा वाणिज्य मन्त्रालयले भनेको छ– ‘यदि चीनको वैध अधिकार र हितलाई नोक्सान पुर्याएमा चीन मौन बस्नेछैन। निश्चित रुपमा सबै आवश्यक कदम उठाउनेछ , ताकी अधि र हितको रक्षा गर्न सकून्।’

वालस्ट्रिट जर्नलका अनुसार चीनले अमेरिकी राष्ट्रपति ट्रम्पनिकट तथा समर्थकहरूलाई निसाना बनाउने तयारी गरिरहेको छ। यसमा अमेरिकाबाट हुने कृषि उत्पादनको निर्यात पनि समावेश हुनेछ।

विश्वव्यापी चिन्ता
अमेरिका र चीनबीच व्यापार युद्धको थालनीले विश्वव्यापी चिन्ता बढेको छ। यसले विश्वव्यापी व्यापार युद्धको रूप लिने र बेरोजगारी बढ्ने, आर्र्थिक वृद्धी कम हुने र व्यापार साझेदार सम्बन्ध बिग्रनेछ। चीन, हङ्कङ र जापानको सेयर बजारमा ३ प्रतिशतसम्म गिरावट आएको छ।

अमेरिकाले पछिल्लो कदम भारतसहित कयौं देशका लागि स्टिल र अल्म्युनियममा आयात शुल्क लगाएपछि, उठाएको हो। जापान, जर्मनी वा कोरियालगायत सबै मुख्य व्यापारिक साझेदारसँग सन् २०१७ मा अमेरिकाको व्यापार घाटा रहेको छ। अमेरिकाको कुल व्यापारमा १६ दशमलव ४ प्रतिशत हिस्सासहित चीन उसको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो।

चीन–अमेरिकाको कारोबारमा ३ खर्ब ७५ अर्ब डलरको अन्तर रहेको छ। अमेरिकाले चीनमा १ खर्ब ३० अर्ब डलरको निर्यात गर्छ। चीनबाट उसले ५ खर्ब ५ अर्ब ६० करोड डलर आयात गर्छ। अमेरिकाकोे आफ्नो व्यापार घाटा टेलिकम्युनिकेसन उपकरण, गाडी, कम्प्युटर, खेलौना, खेलका सामान र बिजुलीका उपकरणजस्ता क्षेत्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्