कार विष्फोट हुँदा १४ को मृत्यु



सोमालिया । मोगादिसुस्थित एक होटेल नजिकै गराइएको आत्मघाती कार विष्फोटमा १४ जनाको मृत्यु भएको छ ।

विष्फोटबारे सरकारका प्रवक्ता अब्दियाजिज अली इब्राहिमले भने, ‘राजधानीस्थित एक होटेल नजिकै विष्फोटक पदार्थले भरिएको कार विष्फोट गराइँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा केही सर्वसाधारण घाइते भएका छन् ।’

घटनालाई देखेको बताउने एक सोमालियाली नागरिकले कारलाई एक्कासी ल्याएर होटेल नजिकैको विजुलीको खम्बामा ठक्कर दिएपछि ठूलो आवाजसहित विष्फोट भएको बताए ।  घटनाको जिम्मा कुनै समूहले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्